वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

इलाका स्तरिय योजना तर्जुमा गोष्ठी राजापुरमा सम्पन्न

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, माघ २५, २०७३ ।    

राजापुर ।
राजापुर नगरपालिकाको इलाका नम्बर ११ र १२को आर्थीक बर्ष0७४/७५ को लागी इलाका स्तरिय योजना तर्जुमा गोष्ठी सोमबार राजापुर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

इलाका स्तरिय र्योजना तर्जुमा गोष्ठीमा वडा नम्बर ११र१२को सम्पुर्ण राजनितिक दलका प्रमुख तथा प्रतिनिधि वडा नागरीक मन्चका संर्योजक वडा बडघर समाजसेबि संघस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार र नगर बासीहरुको उपस्थीति रहेको थिए । कार्यक्रममा सहभागीहरुले नगरपालिका तथा स्थानिय स्तरबाट निर्माण सम्भव नभएका विकासे योजनाहरु जिल्ला तथा केन्द्रमा लेखि पठाउने निर्णय गरिएको छ । यस वर्ष वडाहरुमा आवश्यकतालाई ध्यान दिदै सडक ग्रावेल, पुल पुलेसा निर्माण जस्ता कार्यहरु प्राथमिकतामा परेका छन् ।

राजापुर नगरपालिका कार्यकारी अधिकृत भेजराज खनालको अध्यक्षतामा सम्पन भएको योजना तर्जुमा गोष्ठीमा जिल्ला बिकास समिति बर्दियाका सचिब एवम् प्रतिनिधि कूष्ण प्रसाद पाण्डेय र क्षेत्रिय पोषण योजना प्रमुख सिताराम रिमाल बिशेष अथिति रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: