वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न ठाउँमा राष्ट्रिय सेवा दलको सरसफाई कार्यक्रम

        भगतराम थारु   |   प्रकाशित मितिः आइतवार, माघ २३, २०७३     ::: 557 पटक पढिएको   |  

नेपालगन्ज, बाँके।
नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न ठाउँमा आज राष्ट्रिय सेवा दलले सरसफाई कार्यक्रम गरेको छ ।

नगरका विपी चोक, त्रिभुवन चोक, पुष्पलाल चोक, चारवाहीनी रोड, जिल्ला प्रशासन कार्यालय अगाडीलगायतका ठाउँबाट एकसाथ निस्केको सरसफाई टोली नगरका विभिन्न भाग सरसफाई गरिएको हो । एकैदिन नगरका विभिन्न भागमा परिचालन गरि सफा र सुन्दर नगर बनाईएको सरसफाई अभियन्ताहरुको भनाई छ । त्रिभुवनचोकदेखि निस्केको राष्टिूय सेवादलका सरसफाई टोली सदरलाईन, न्युरोड हुदै धम्बोझीसम्म सरसफाई गरेका थिए भने, धम्बोझी देखि निस्नेको अर्को सरसफाई टोली पुष्पलाल चोक हुदै कारकादो चोकसम्म सरसफाई गरेका थिए । यस्तै विपी चोक देखि निस्केको टोली चारवाहीनि रोडसम्म सरसफाई गरिएको थियो भने जिल्ला प्रशासन अगाडीदेखि निस्केको टोली त्रिभुवन चोक सम्मा सरससफाई गरेका थिए । सरसफाईमा निस्नेका हरेक सेनाले झाडु, फरुवा, बाल्टीन लगायतका सामाग्री प्रयोग गरि सरसफाई गरेका थिए । करिव २ सयको बढिमा परिचालित सेनाले सरसफाई गरिएको फोहर आफै उठाएका थिए

प्रतिक्रिया दिनुहोस्