वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

रा.प्र.पा बर्दिया क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्य समिती गठन

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शनिबार, माघ २२, २०७३ ।    

राजापुर, बर्दिया।
राष्टिय प्रजातन्त्र पार्टी बर्दिया क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्य समिती शुक्रबार गठन गरीएको छ ।  राष्टिय प्रजातन्त्र पार्टि क्षेत्र नम्बर ४ का अध्यक्ष तथा जेष्ठ नागरीक जीवराज रेग्मीको अध्यक्षतामा कार्य समिती चयन गरीएको हो । हिजो गठित कार्य समितीमा बिनोद कुमार चन्द अध्यक्ष पदमा र्निबिरोध चयन हुनुभएको छ भने सदस्य पदका लागी केशर थापा , गुरीलाल थारु , लोक ब शाहि , नर ब साउँद , सन्तराम थारु , भगवानदास थारु , प्रसादि थारु , जगत कुमारी थारु , हरीराम थारु , उत्तम कुमार रेग्मी , जीवराज रेग्मी , माघौ प्र थारु , राम कली थारु , धन ब सार्कि , सरी थारु , राम प्र थारु , सुवेदार थारु , नन्द ब शाहि , बलराम उपाध्याय , र राधा कृष्ण थारु चयन भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको देशका २४० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन सुरु भएको छ । पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट प्रतिनिधि छनोट गर्ने उद्देश्यले सो अधिवेशन देशभर एकै दिन गर्न लागिएको हो । पार्टीका अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय नेतृत्व सम्बन्धित निर्वाचन क्षेत्रमा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी हुनका लागि पार्टीका स्थानीय तहदेखि नै निर्वा्चित भएर आउनुपर्ने व्यवस्था भएअनुसार वडा, गाउँ, नगरबाट निर्वाचित भएर आएका नेता सम्बन्धित निर्वाचन क्षेत्रबाट समेत प्रतिनिधित्व गरी आउने छन ।

प्रतिक्रिया दिनुहोस्: