वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

कन्सुलर सेवा अब अनलाईनबाट

          |   प्रकाशित मितिः शनिबार, माघ १५, २०७३     ::: 427 पटक पढिएको   |  

काठमाडौं।
परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले आजदेखि विदेशमा हराएका नागरिकको खाजी, मृत्यु भएकाको शव झिकाउने कार्य तथा क्षतिपूर्तिका लागि अनलाईनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौं ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार त्रिपुरेश्वरस्थित विभागमा आयोजित कार्यक्रममा अनलाइन सेवाको उद्घाटन गरेको हुन् ।

सेवा सुरु भएपछि नागरिकको खोजतलास र उद्धार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि अनलाइनबाटै आवेदन गर्न सकिने भएको छ ।

यस अघि भने यी कुनै पनि सेवा लिन कार्यालयमा उपस्थित नै हुनुपर्ने नियम थियो ।

वेबसाईट: http://nepalconsular.gov.np

प्रतिक्रिया दिनुहोस्