वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

बर्दियामा ८८ जना नयाँ कुष्ठ रोगी भेटिए, कुष्ठरोग निवारण अभियान चल्दै

        भावुक योगी   |   प्रकाशित मितिः बिहिबार, माघ १३, २०७३     ::: 466 पटक पढिएको   |  

बर्दिया |
कुष्ठरोग निवारण अभियान अन्तर्गत माघ १० गते देखि हालसम्म बर्दियामा ८८ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।
कुष्ठ रोग निवारणका लागि संचालित अभियान अन्तर्गत बर्दियामा बिहिबार सम्म ८८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कुष्ठरोग कार्यक्रमका फोकल पर्सन जीवन रजौरेले जानकारी दिनुभयो ।
८८ जना मध्ये मध्ये २२ जनामा एमबि र ६६ जनामा पिबी देखिएको छ । पिबि भन्नाले कुष्ठरोगको जीवाणु अत्याधिक रहेकोलाई जनाउँछ । जसमध्ये ७ जना वालवालीका रहेका छन् । बालबालिकामा १ जनामा एमबि, ६ जनामा पिबी देखिएको छ ।
दोस्रो दिन सम्म ३३ जना नयाँ कुष्ठरोगका बिरामी रहेपनि दिनहुँ कुष्ठरोगका बिरामी बढीरहेका छन् । कुष्ठरोगीको संख्या बढेपछि निवारणका लागि बाँके र बर्दियामा माघ १० देखि पाँच दिने अभियान सुरु भएको हो । बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला हो । धनुषा र बर्दिया पनि धेरै कुष्ठरोगी छन् ।
सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठ रोगी खोज्न सुरू गरेको छ ।
कुष्ठरोग निवारण अभियान अन्तर्गत घरदैलो कार्य खोजपडताल कार्यक्रमलाई प्राथमिकता दिइएको छ । माघ १० गतेदेखि १४ गतेसम्म खोजी अभियान जारी रहने भएपनि कुष्ठरोगका नयाँ बिरामी फेला परेपछी कुष्ठरोग निवारणका लागि अभियान थालीएको खोजपडताल कार्यक्रम केहीदिन अझैँ लम्बीने बताईएको छ ।
कुष्ठरोगी सबैभन्दा बढी भएको बाँके र तेस्रो नम्बरमा रहेको बर्दियाबाट उपचारमा नआएका कुष्ठरोगीको खोजी सोमवारदेखि सुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्