वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

प्रथम बबई नगर महोत्सव भुरिगाउँमा; कलाकारसंगै उँट र अस्ट्रिच पनि

        भावुक योगी   |   प्रकाशित मितिः बिहिबार, माघ १३, २०७३     ::: 1538 पटक पढिएको   |  

बर्दिया ।
बर्दियाको भुरीगाउँमा प्रथम बबई नगर कृषि, पर्यटन ब्यापार र सुचना प्रविधि महोत्सव आजबाट सुरु हुँदैछ ।
महोत्सवमा स्थानिय तथा राष्टिय कलाकारसंगै उँट र अस्ट्रिच, मौतकी कुँवा झुला, लगायतका विभिन्न मनोरञ्जनात्मक स्टलहरु आईसकेको र पहिलो दिन आज विभिन्न सांस्कृतिक कार्यक्रम सहित बजार परिक्रमा हुने नगर उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितीका संयोजक युवराज अधिकारीले जानकारी दिनुभयो ।

आज उदघाटन सत्रमा महोत्सव भित्र प्रवेश गर्न कुनै शुल्क नलाग्ने र उदघाटन सत्र पछी भने शुल्क लाग्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।
आज गायक दुर्गेश थापा सहित स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
आज विभिन्न सांस्कृतीक झाँकी प्रर्दशन गरी बजार परीक्रमा गरीने महोत्सवका सांस्कृतीक उपसमितीका संयोजक खगेन्द्र खनालले जानकारी दिनुभयो ।

(शुक्रबार, माघ १४,२०७३ , ८:१५:४५ मा अध्यावधिक गरिएको ।)

*******
माघ १४ गते देखि भुरीगाउँमा संचालन हुन गईरहेको प्रथम बबई नगर कृषि, पर्यटन ब्यापार र सुचना प्रविधि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
स्टल निर्माण, बडघर लगायत सरोकारवालाहरु संगको भेटघाट, एक गाउँ एक गेट निमार्ण संगै महोत्सवमा रमाईलो मेला अन्र्तगत मौतकी कुँवा, झुला लगायत अन्य स्टलहरु आउने क्रम जारी रहेको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।
बुधवार विहान ९ बजे भुरीगाउँ बजार क्षेत्रमा रहेका त्रिभुवन माध्यामिक विद्यालय, रामजानकी मावि, कर्णाली मावी, भेरी पब्लीक, बर्दिया एकेडमीका विद्यार्थी, स्थानिय ब्यापारी, ईलाका प्रहरी कार्यालय भुरीगाउँ लगायतको सहभागितामा बबई नगपालिकाको भुरीगाउँ बजार सरसफाई गरीएको नगर उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितीका संयोजक युवराज अधिकारीले जानकारी दिनुभयो ।
महोत्सवमा सूचना प्रविधिमा भइरहेको विकास र भित्रिएका नौला प्रविधियुक्त उपकरणको प्रदर्शनी जानकारी दिईने र मेलामा अधिकाँसलाई वाइफाइ सुविधा सहितका ५० भन्दा बढी सामाग्रीको बिक्री तथा प्रदर्शनी रहने क्यान बर्दियाका उपाध्यक्ष गोपाल निरौलाले जानकारी दिनुभयो ।
बर्दियाको बबई नगरपालिका भुरीगाउँको प्रथम बबई नगर महोत्सव माघ १४ देखि २४ गते सम्म संचालन हुनेछ । महोत्सवमा स्थानिय तथा राष्टिय कलाकारसंगै उँट र अस्ट्रिच पनि रहने उद्योग बाणिज्य संघका महासचिव महेन्द्र पंगेनीले बताउनुभयो । यसै विषयमा बबई नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष गणेश कुवंर र महासचिव महेन्द्र पंगेनी संग गरीएको थप कुराकानी हेर्नुहोस्::

प्रतिक्रिया दिनुहोस्: