वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपालगन्जको ५२औं बार्षिक उत्सव सम्पन्न

        भगतराम थारु   |   प्रकाशित मितिः सोमवार, माघ १०, २०७३     ::: 386 पटक पढिएको   |  

नेपालगन्ज ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपालगन्जको ५२ औं बार्षिक उत्सव कार्यक्रम समारोह सोमवार नेपालगन्जमाभएको छ ।
२०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय बाणिज्य बैंकको बार्षिक उत्सवको उदघाटन प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले गर्नुभएको थियो । बार्षिक उत्सवलाई उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी पन्थले वाणिज्य वैंक जनताको घरदैलोमै गएर सेवा गर्ने एकमात्र बैंक रहेको बताउनुभयो । बन्दको वेलामा पनि सेवा सुविधा दिने सरकारी बैंक प्रति जनताको विश्वास बढदै गएको प्रजिअ पन्थले बताउनुभयो ।
२०७२/०७३ आर्थिक बर्षमा २ अर्व ३५ करोड नाफा आर्जन गर्न सफल भएको बैंकका क्षेत्रिय प्रबन्धक प्रेम बहादुर चन्दले बताउनुभयो । बैंकको ०७३ पौंष मसान्तसम्म कुल निक्षेप १ खर्व ३८ अर्व रहेको छ भने कुल कर्जा ९३ अर्ब ३८ करोड रहेको प्रबन्धक चन्दले जानकारी गराउनुभयो । बैंकले हालसम्म १ सय ७१ शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ भने शाखा नरहेको जिल्लामा थप १८ वटा शाखा खोली १ सय ८९ शाखा पुर्याउने लक्ष्य रहेको बैंकका क्षेत्रिय प्रबन्धक चन्दले बताउनुभयो ।
यस्तै बैंकको भिसा डेविटकार्ड प्रयोगकर्ता ४ लाख पुगेको बैंकले सार्वजनिक गरेको छ । बैंकले विभिन्न उत्पादन मुलक र सेवा मुलक क्षेत्र व्यापार वाणिज्य, कृषि उद्योग, जडिबुटी, पर्यटन जस्ता क्षेत्रमा कर्जा प्रवाह गरिरहेको बैंकले जनाएको छ । बैंकको सम्पुर्ण शाखाबाट अनलाइन प्रणालीबाट सेवा सेवा प्रवाह गर्दै आएको यस बैंकमा आवद्ध ग्रहाकहरु मध्ये ३५ प्रतिशतले विद्युतिय माध्यमबाट कारोवार गरिरहेको प्रबन्धक चन्दले बताउनुभयो । बार्षिक उत्सव कार्यक्रममा मध्यपश्चिम क्षेत्रका सुरक्षा अधिकारी, व्यापारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्