वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

नेपाल बैंकको लिमिटेडको १ सय २९औं शाखा कोहलपुरमा

        भगतराम थारु   |   प्रकाशित मितिः सोमवार, माघ १०, २०७३     ::: 414 पटक पढिएको   |  

नेपालगन्ज ।
नेपाल बैंकको लिमिटेडको १ सय २९ औं शाखा सोमबार कोहलपुरमा औपचारीक रुपमा उद्घाटन गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलालाल पन्थले बैंकको शाखा कार्यलयको रिवन काटी उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नेपालकै सवैभन्दा पुरानो सरकारी बैंक भएकोले पनि विश्वसनियताका साथै प्रविधिअनुसार पनि बैंकको कार्यदक्षतालाइ पनि अब्बल बढाउदै जानु पर्ने बताउनुभयो । पन्थले जनताको विश्वसनियताका साथ साथै बैंकले नयाँ नयाँ योजनाहरु पनि ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै बैंकका सञ्चालक समितीका सदस्य डाक्टर डम्बर बहादुर भण्डारीले कोहलपुर क्षेत्र मध्यपश्चिम क्षेत्रकै केन्द्रविन्दु भएकोले नेपाल बैंकको शाखा कार्यलय कोहलपुरमा स्थापना भए बैंकका ग्राहकलाइ सेवा सुविधा हुने उदेश्यका साथ शाखा कार्यलय स्थापना गरीएको बताउनुयभयो ।


त्यस्तै कार्यक्रममा बैंकका सञ्चालक समितीका सदस्य उमाकान्त शिलवाल, कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष नरेन्द्र प्रसाद शर्मा लगायत विभिन्न बैंक तथा संघसंस्थाका व्यक्तिले शुभकामना दिनुभएको थियो । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, स्थानिय ग्राहक पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्