वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा

        एजेन्सी   |   प्रकाशित मितिः सोमवार, माघ १०, २०७३     ::: 939 पटक पढिएको   |  

हस्तमैथुन स्वास्थ्य सेक्स जीवनको एक महत्वपूर्ण हिस्सा मानिन्छ । हस्तमैथुन हात वा अन्य कुनै चीजबाट यौन आनन्द प्राप्त गर्ने तरिका पनि हो ।

केही समाजमा आमरुपमा यसलाई अनैतिक र हानिकारक मानिन्छ । विशेषज्ञका अनुसार त्यसको ठीक उल्टो सुखको अनुभूतिका साथै पुरुष र महिलाको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

-हस्तमैथुनबाट महिनावारीसँग जोडिएको समस्यालाई टाढा भगाउन सकिने यौन विषेशज्ञहरूले जनाएका छन् । महिनावारीका क्रममा हुने दुखाईदेखि हस्तमैथुनबाट निस्कने रसायनका कारण राहत मिल्ने गर्छ ।

-फिनबर्ग स्कुल अफ मेडिसिनमा स्त्री र प्रसुति रोगका प्राध्यापक लारा स्ट्रिचर भन्छिन्, ‘हस्तमैथुनबाट यौनीको सुखापन कम हुन्छ र दुखाईबाट राहत मिल्दछ ।

-सेक्सुअल एन्ड रिलेशनसिप थेरापीका अनुसार यसबाट रोग प्रतिरोधक क्षमता बढ्दछ र संक्रमणबाट समेत बचाउँछ । केही शोधमा पत्ता लागेको छ कि जुन मानिसमा अर्गेज्म धेरै हुन्छ उसमा इम्युनोग्लोबिनएको मात्रा धेरै हुन्छ । जो रुघाखोकीबाट बच्न सहायक हुन्छ ।

-फ्रेन्च इन्स्टीट्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चको अध्ययन अनुसार हस्तमैथुनपछि राम्रो निद्रा पनि लाग्ने गरेको देखाएको छ । अनिद्रालाई टाढा राख्नका लागि यो सबैभन्दा सुरक्षित तरिका रहेको र खासगरी केटाहरूका लागि लाभदायक मानिन्छ ।

यसबाट शारीरिक र मनोवैज्ञानिक स्तरमा आनन्दको महसुस हुन्छ । मानिसहरुमा हस्तमैथुनले यौन सम्बन्धमा असर पर्छ भन्ने भनाई रहेको पाइन्छ । विशेषज्ञका अनुसार यो धाराणा गलत हो । यसको विपरित हस्तमैथुनबाट एक राम्रो यौन सम्बन्ध बनाउने मौका मिल्ने अध्ययनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: