वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

बर्दियाली साहित्य मञ्चको पुनर्गठन; अध्यक्षमा आचार्य चयन

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शनिबार, माघ ८, २०७३     ::: 865 पटक पढिएको   |  

बगनाहा ।
बर्दियाको बगनाहामा रहेको बर्दियाली साहित्य मञ्चले पुरानो कार्य समितीलाई विघटन गरी ९ सदस्यिय नयाँ कार्य समिती चयन गरेको छ ।

पूर्व अध्यक्ष कुशराज लम्सालको अध्यक्षतामा शनिबार बगनाहाको चुरे माद्यमिक विद्यालयमा सम्पन  भेलाले डि.बि. आचार्यलाई अध्यक्षमा चयन गरेको हो । नयाँ कार्य समितीको उपाध्यक्षमा बिमला वाग्ले शितल विवश, सचिवमा सुशीला वाग्ले, सह सचिबमा जिवन लामिछाने, कोषाध्यक्षमा मनिसा खड्का सदस्यहरुमा इश्वर उपाध्याय, गणेश आचार्य, माया खनाल, सौगात श्रेष्ठलाई सर्व सम्मतीले चयन गरेको छ ।
नव अध्यक्ष तथा बर्दियाली गजलकार डि.बि. आचार्यले संचालन गर्नु भएको कार्यक्रममा सहभागी गणेश आचार्य, कुशराज लम्साल, मनिसा खड्का, जिवन लामिछाने, सौगात श्रेष्ठ लगायतले रचना बाचन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: