वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

यो प्रदेश थारुको हुनुपर्छ : किशोर सिंह राठौर

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शनिबार, माघ ८, २०७३ ।    

राजापुर।
बर्दियाको भौराटप्पा क्षेत्रको विकट मानिने पाताभार गाबिसको शान्ति बजारमा भार्गव विकास वैंकले आफ्नो ११ औं शाखा बिस्तार गरेको छ । बिस्तारित शाखाको आज एक कार्यक्रम बिच कार्यक्रमका विशेष अथिती तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौर र बैंकका कार्यकारी प्रबन्धक पुस्कर राज जोशीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिदै बिषेश अतिथी राठौरले नयाँ खुलेको शाखाले यस क्षेत्रका बासिन्दाको सेवा दिन तत्पर रहोस भन्ने कामना गर्दे थारुहरुको हकमा लाग्ने बताउनु भयो गरिव जनताको जिवन स्तर बढाउनकालागी काङ्रेसले लडाइ गरेको भन्दै नेपाली काङ्रेसले मात्रै जनताको मुक्ती दिने बताउनु भयो । यो प्रदेश थारुको हुनुपर्छ भन्ने मान्यता रहेको राठौरको भनाई छ ।
भार्गव विकास बैंक लिमिटेडका प्रवन्धक पुष्करराज जोशीले यस क्षेत्रमा शाखा स्थापना भएको आफु एकदमै खुशी भएको र यसको स्थापनाका लागी महत्वपुर्ण सहयोग गर्ने ईलाका प्रहरी कार्यलयका प्रमुख दानसिंह मढै र नेपाली कांग्रेस गाँउ कमितीका संयोजक प्रेम रावललाई धन्यवाद दिनुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अथितीमा जिल्ला प्रहरी कार्यलयका प्रमुख भरत बहादुर बोहरा रहनुभएको थियो । कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी , इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख दानसिंह मढै, सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधी, वडा नारिक मञ्चका प्रमुख तथा प्रतिनिधी, महिला सञ्जालका प्रमुख तथा प्रतिनिधी , पत्रकार सहभागी थिए । शान्ति बजार क्षेत्रका गोला, पाताभार र पशुपतिनगर गाविसका स्थानिय बासीहरुले अव बैंकिङ सेवा लागी जोखिम मोलेर राजापुर र गुलरिया जानपर्ने बाध्यता हट्ने भएपछि स्थानियबासीमा खुशिहुदै शुभकामना समेत दिएकाथिए भार्गव विकास वैंकका कार्यकारी प्रवन्धक पुष्कर राज जोशीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा उपस्थीति सबैलाई स्वगत मन्तव्य भार्गव विकास वैंक शाखा शान्तिी बजारका प्रवन्धक सरोज अवस्थीले दिनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्: