वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

जनता आवास कार्यक्रम अन्तर्गत बर्दिया र बाँकेमा विपन्न परिवारका लागि दुईहजार घर बन्दै

        बअ सम्बाददाता   |   प्रकाशित मितिः मङ्लबार, पुस २६, २०७३     ::: 1058 पटक पढिएको   |  

भुरिगाउँ, बर्दिया ।

सरकारले यस वर्ष बर्दिया र बाँकेका दुई हजार विपन्न दलित परिवारका लागि घर निर्माण गर्ने भएको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत बर्दियामा एकहजार र बाँकेमा एकहजार गरी विपन्न दलित परिवारका लागि दुईहजार घर निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी जयराम चौधरीले जानकारी दिनुभयो ।

जनता आवास कार्यक्रम अन्तर्गत मापदण्ड पुगेका घर परिवार छनौटका लागि बर्दियामा क्षेत्र नम्बर २ का सांसद सञ्जय गौतमको संयोजकत्वमा क्षेत्र नम्बर १ का सांसद श्याम ढकाल र सांसद गोपाल दहित सहितको समिति गठन गरिएको छ ।

बाँकेमा सांसद आशा विकको संयोजकत्वमा क्षेत्र नम्बर १ का सांसद देवराज भार र सांसद गीता सिंहसहितको समिति गठन गरिएको सहरी विकास तथा डिभिजन कार्यालयले जनाएको छ । अघिल्ला वर्षमा निश्चित जाती छनौट गरी घर निर्माणका लागि रकम उपलब्ध हुँदै आएकोमा यस वर्ष समग्रमा दलितका लागि रकम उपलब्ध गराइएको हो ।

जनता आवास कार्यक्रम अन्तर्गत एक घर निर्माणका लागि विगतमा एकलाख ६१ हजार पाँच सय रुपैयाँ उपलब्ध गराइएकोमा गत आर्थिक वर्षदेखि बढाएर दुईलाख १५ हजार रुपैयाँ पु¥याइएको छ । छनौटमा परेका परिवारले झण्डै १० हजार रुपैयाँ जनश्रमदान लगायतबाट व्यहोर्नुपर्नेछ । जनता आवास कार्यक्रम अन्तर्गत बर्दिया र बाँकेका गरिब तथा विपन्न परिवारका लागि सरकारले वार्षिक रुपमा बजेट छुट्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: