वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

सानोश्री ताराताल नगरपालिकाको बजेट पारित

        बअ सम्बाददाता   |   प्रकाशित मितिः सोमवार, पुस २५, २०७३     ::: 1006 पटक पढिएको   |  

सानोश्री, बर्दिया ।

बर्दियाको सानोश्री ताराताल नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ को लागि पौने तेह्र करोडको अुनमानित बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले दोश्रो नगरपरिषदबाट आर्थिक बर्ष २०७४/०७५ को लागि १२ करोड ७५ लाखको प्रस्तावित बजेट प्रस्तुत गरेको हो ।
नगरपालिकाको आन्तरिक स्रोत , केन्द्रीय अनुदान , जिबिस अनुदानलाई मध्यनजर गर्दै उक्त बजेट बिनियोजन गरिएको नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत भीष्मकुमार मल्ल बताएका छन् । उनले सानोश्री ताराताल नगरपालिकामा भौतिक निर्माणको काम तिब्र गतिमा अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्: