वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

गजल: प्रिया सिन्दुर फर्केर आउने बाटो हेरेर बसिरहिन -बद्री सुबास

          |   प्रकाशित मितिः शनिबार, पुस २३, २०७३     ::: 393 पटक पढिएको   |  

बद्री सुबास

गजल-१

मुटुमा देश अनि आँखामा सपना हजार बोकेर ।
गएको छ युद्धमा यौटा सैनिक हतियार बोकेर ।

जितेर आउँछ या सहिद बन्छ हेर्न बाकी नै छ,
तर लिएर गएको छ फौजमा यौटा गद्धार बोकेर ।

प्रिया सिन्दुर फर्केर आउने बाटो हेरेर बसिरहिन,
तर आयो हुलाकी उसको मृत्युको समाचार बोकेर ।

देशकोलागि लड्नेहरु यहाँ कैयौँ मरेर गए कयौँ,
तर लिएर गए बाच्नेहरुको जिउने आधार बोकेर ।

गजल-२

बेईमानि नजरले केके गर्ने हो ।
जून टिप्ने रहरले केके गर्ने हो ।

पाहुनाको स्वागत गर्दैछ उस्ले,
भत्किएको घरले केके गर्ने हो ।

हजारौँले नजर बर्षाउन थाले –
कोकाकोला अधरले केके गर्ने हो ।

मायालु जोडी डोरी बाधीरहेछन्,
त्यो पिपलु र बरले केके गर्ने हो ।

त्यो देउतालाईनै चुनौती दिदैछ, 
सुबासको जिगरले केके गर्ने हो ।

भुरिगाउँ

प्रतिक्रिया दिनुहोस्