वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

गजल: तन यो तिमीले, लुट्यौ पथैमा; सरमै नमानी, मैना चरीको ।

          |   प्रकाशित मितिः शुक्रबार, पुस २२, २०७३     ::: 456 पटक पढिएको   |  

दिपेन्द्र सुनामी दीप

भन लौ कहानी, मैना चरीको ।
अब भो लगानी, मैना चरीको ।

तन यो तिमीले, लुट्यौ पथैमा,
सरमै नमानी, मैना चरीको ।

भयछौ अतीनै, बैमान ओहो,
यसरी दिवानी, मैना चरीको ।

कमलो जवानी, भारी बनायौ,
तनको निशानी, मैना चरीको ।
बर्दिया

प्रतिक्रिया दिनुहोस्