वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

शितलहरवाट जोगिन बर्दियाका विभिन्न गाविसमा न्यानो कपडा वितरण

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः बिहिबार, पुस २१, २०७३     ::: 314 पटक पढिएको   |  

गुलरिया, बर्दिया ।

जिल्ला दैविप्रकोप उद्धार समि ति बर्दियाले विभिन्न संघ सस्थाको सहयोगमा शितलहरवाट जोगिन न्यानो कपडा वितरण गरेको छ । जेष्ठ नागरिक संघको व्यवस्थापन तथा फाया नेपालको सहयोगमा प्राप्त ५४० थान न्यानो कपडा मध्ये बिहीवार कालिकाका १०५ वर्षिया जुद्ध कुमारी हमाललाई हस्तान्तरण गरी प्रमुख जिल्ला अधिकारी विष्णु वहादुर थापाले शुभारम्भ गर्नुभयो ।

जिल्ला दैविप्रकोप उद्धार समितिले विभिन्न संघसस्था, रेडक्रस लगायतको सहयोगमा शितलहरवाट वच्च सामाग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी थापाले वताउनुभयो । शितलहरका कारण समुदायमा जेष्ठ नागरिक, महिला, वालवालीका, सुत्केरी वढी प्रभावित हुने हुदा हेल्पपेज इन्टरनेशनलको सहयोगमा फाया नेपाल मार्फत प्राप्त सामाग्री वितरण गरिएको हो ।

फाया नेपालको कार्यक्रम लागु भएका कालिका, महम्मदपुर, धधवार, डेउडाकला, मैनापोखरमा १ थान कम्मल, २ थान मोजा, १ थान टोपी र १ थान पन्ञा रहेको सेट ५४० जनालाई वितरण गर्ने कार्यक्रम रहेको फाया नेपालका कार्यक्रम अधिकृत जितराम चौधरीले जानकारी दिनुभयो ।

जेष्ठ नागरिक संघ वर्दियाका अध्यक्ष टुकराज घिमिरेले सवैको प्रयासवाट जेष्ठ नागरिकलाई प्राप्त भएको न्यानो कपडाले राहत पुगेको वताउनुभयो । त्यसैगरि नेपाल रेडक्रस सोसाइटी बर्दियाले २०७१ सालको वाढीले विस्थापित भएको गुलरिया नगरपालिका–५, रामपुर टप्पुमा वसेका ४१ घर परिवारलाई १०० थान कम्मल ५० थान त्रिपाल र महिला तथा वालवालिकाको लागि अन्य न्यानो कपडा समेत वितरण गरेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र, वर्दियाका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: