वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

दुनियाँकै शौखिन सुल्तानः जो सुनको जहाजमा उड्छन्, सुनकै दरबारमा बस्छन्

        एजेन्सी   |   प्रकाशित मितिः बुधबार, पुस २०, २०७३     ::: 615 पटक पढिएको   |  

यो दुनियाँमा शौखिन मानिसहरुको कमी छैन तर शौख पूरा गर्न सबैले कहाँ पाउँछन् र रु जो सँग टन्न गाँठ छ, उसले मात्र आफ्नो शौख पूरा गर्न सक्दछ । ब्रुनाईका सुल्तान हसनल बालकिया पनि दुनियाँका शौखिन तथा विलासी मानिसमा गनिन्छन् । ब्रुनाईका सुल्तान हसनल देशका ठूला व्यवसायी पनि हुन् । त्यसैले उनीसँग धनसम्पत्तिको कमी हुने कुरा भएन ।
उनलाई आफ्नो धनसम्पत्ति देखाउने ठूलो शौख छ । उनी सुनको जहाजमा घुम्दछन् । उनको नुरल प्यालेस नामक राजमहल पनि सुनजडित छ । यो दरबार २६ लाख वर्ग फिटमा बनेको छ । उक्त दरबार बनाउन ३८ अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको बताइन्छ । सन् १९८४ मा बनेको उक्त महलमा १ हजार ७ सय ८८ वटा कोठा छन् । त्यसमा २ सय ५७ वटा त बाथरुम नै छन् ।

दरबारमा रहेको गुम्बज २२ क्यारेट सुनबाट बनाइएको छ । साथै दरबार परिसरमा १ सय १० वटा कार पार्किंग गर्न मिल्ने ठाउँ छ । साथै घोडचढीमा प्रयोग हुने २ सय घोडा राख्न मिल्ने एयर कन्डिसनयुक्त तबेला छ । साथै दरबार परिसरमा ५ वटा स्विमिंग पुल समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्