वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

श्रीमतीको यादले सताउँदा जेलभित्रै ठडियो ताज महल

        एजेन्सी   |   प्रकाशित मितिः बुधबार, पुस २०, २०७३     ::: 478 पटक पढिएको   |  

मुगल सम्राट शाहजहाँले आफ्नी प्रेमिकाको यादमा भारतको चर्चित ताज महल बनाएका थिए । सत्रौँ सताब्दीका तिनै सम्राटको सिको गर्दै भारतमा एक विदेशी कैदीले जेलभित्रै ताजमहल ठडाएका छन् ।
लागूऔषधको मुद्दामा भारतको उत्तरप्रदेशस्थित महाराजगंज जिल्ला कारागारमा जेलसजायँ काटिरहेका फ्राान्सेली नागरिक एल्बर्ट पास्कल शाइनेले सलाइँका काँटीहरुबाट ताजमहलको सुन्दर प्रतिरुप तयार गरेका हुन् । नयाँ वर्षमा आफ्नी श्रीमतीलाई उपहार दिनका लागि उनले यस्तो अद्धितीय मायाको चिनो तयार गरे । उनको कलाको नमूना देखेर पूरै जेल दंग छ ।

जेलका अन्य कैदीहरुको सहयोगमा पास्कलले फेबिकोलले सलाइँका काँटी जोडेर ताजमहल बनाए । श्रीमतीका लागि उनले तयार गरेको त्यो उपहारलाई जेल प्रशासनले सुरक्षित राखिदिएको छ । तीस हजार सलाइँका काँटी र दुई किलो फेबिकोलको प्रयोग गरी उनले ताजमहल बनाएका हुन् ।

उनका लागि ताजमहल बनाउन जेल प्रशासनले सामानको जोहो गरिदिएको हो । जेलमा आफूले साथीहरुको सहयोगमा तयार गरेको ताजमहल प्रेम र सहयोगको निसानी रहेको उनले बताएका छन् । उनले तयार पारेको ताजमहल फ्रान्समा लगेर श्रीमतीलाई उपहार दिने मानिसको खोजीमा छन् । सलाइँका काँटीबाट ताजमहल बनाइसकेपछि अब उनी सलाइँका काँटीबाटै हेलिकप्टर बनाउन जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्: