वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

समाजको अहित हुने कार्यमा सम्झौता नगरिने : प्र.नि. मल्ल

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शनिबार, पुस १६, २०७३     ::: 351 पटक पढिएको   |  

ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र कुमार मल्लले एक कार्यक्रममा  समाजको अहित हुने कुनै पनि कार्यमा सम्झौता नगर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएकोे छ ।

मध्यपश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र नेपालगंज बाट सरुवा भई  ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा यही पौष १४ गते हाजिर हुनु भएका प्रहरी निरीक्षक मल्लले आज सनिबार भएको परिचयात्मक कार्यक्रममा  आफ्नो डिउटी प्रति कर्तब्य निष्ट रहने र समाजमा हुने कुनै पनि गलत कार्यमा  कोही संग सम्झौता नगर्ने बताउनु भएको हो  ।

कालिका ,मैनापोखर , सोरहवा र जमुनी गा.बि.स.का राजनितिक दलका प्रतिनिधी, शिक्षक , बुद्धिजिबी, समाजसेबी, पत्राकार उद्योगी , ब्यापारी , जमुनी  कालिका र शितलाबजारका प्रहरी चौकीका ईन्चार्ज लगाएतको सहभागिता रहेको कार्यक्रममा प्रहरी निरीक्षक मल्लले समाजको चाहना र मुल्यमान्यतामा चल्ने बताउदै समाजमा हुने अराजक गतिबधी, अपाराधिक घटना, तस्कर ,लागु औषध जस्ता कार्यलाई नियन्त्रणका लागि जनता संग सम्न्वय सहकार्य लाई निरन्तरता दिने बताउनु भयो । यस क्षेत्रमा भन्सार कार्यालय सञ्चालन नहुदा  राजश्वमा कमी आएको बताउदै भन्सार कार्यालय सञ्चालनको लागि पहल गर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्