वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

गजल : मुस्कुराएर बिरोध गर्ने उसको बानी रहेछ।-हरि प्रकाश भण्डारी

          |   प्रकाशित मितिः शनिबार, पुस १६, २०७३     ::: 436 पटक पढिएको   |  

-हरि प्रकाश भण्डारी

गजल-१

कमजोरी तिमीमा हुन्छ ममा हुन्छ।
तर पनि त आँखामा सपना हुन्छ।

बैनी, ब्युटिपालर बन्द गरेर पुस्तक पसल खोल,
नारीको सबैभन्दा ठूलो कमजोरी सुन्दरता हुन्छ।

श्रीमान कि अदालत बन्द गर्नुहोस कि यो संकार,
जब आउँछ गहन बिषय भट्टीमा फैसला हुन्छ।

आउनुहोस्- एउटा सामुहिक सेल्फी खिचौ,
मृत्युको बिश्वास छैन तस्वीर भोलि सम्झना हुन्छ।

उ बहुत रिसाउछे अनि गाली गरेर जान्छे,
म मुस्कुराइदिन्छु यस्तो पनि त बदला हुन्छ ।

 

गजल-२

मनमा पिर रहेछ आखामा पानी रहेछ ।
मुस्कुराएर बिरोध गर्ने उसको बानी रहेछ।

हामी जन्मदिन सम्झेर उत्सव मनाइरहेछौ,
हरेकबर्ष मृत्युले नजिक नजिक तानिरहेछ।

आमाले ढाटेर आकाश तिर देखाइछन,
उ बालकले हो जूनलाई बा ठानिरहेछ।

रहर र आस्था सँगसंगै जल्यो गरीबको घर,
मन जलेको के छ प्रमाण घर जलेको खरानी रहेछ।

दिनहुँ ढोगिने पत्थरले मन्दिर भत्केर सौचालय बन्यो,
यो सबथोक देखेर मान्छेले जिबनको महत्त्व जानिरहेछ।
बर्दिया
हाल नेपालगन्ज

प्रतिक्रिया दिनुहोस्