वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

२०३आैँ भानु जयन्तिमा कविता वाचन सम्पन्न

          |   प्रकाशित मिति: शनिबार, साउन १, २०७३ ।    

दिपक आचार्य “जलन”/कुबेत – ३१ असार
विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखाले २०३ औं आदिकवि भानु जयन्तिको अवसरमा आज कुवेतको फरवानिया स्थित नेपाली शभागृह हलमा कुबेतमा रहेका साहित्य अनुरागीहरु बीच कविता वाचन कार्यक्रम गरि मनाएको छ । बिश्व नेपाली साहित्य महासंघ कुवैत साखाले आयोजना गरेको उक्त कार्यक्रममा कुवेतमा रहेका करिब २५ जना सर्जकहरुले आ-आफ्ना रचना हरु कबिता,मुक्तक,गजल र रामायाण बाचन गरेका थिए।
नेपाली दुताबासका दित्तिय सचिव अम्बिका जोशीको प्रमुख आतिथ्यता, मा भयको साहित्यिक समारोहमा दुताबासका दित्तिय सचिव भोगेन्द्र लेङ्देन ,एन आर एन ए का मध्यपुर्ब उप संयोजक धर्मराज गिरि , सदस्य सुजन केसि ,नेपाल कुवेत डट कम का प्रधान सम्पादक जय आले ,मेचिकाली बचत कोषका अध्यक्ष वसन्त थापा मगर , तथा अन्तरास्ट्रिय नेपाली साहित्य समाज कुवेत साखाका अध्यक्ष मनोज मनसुन बिशेष अतिथि रहनुभएको थियो । संस्थाका अध्यक्ष अमीत चाम्लिङको सभापतित्वमा भएको उक्त कार्यक्रम मा प्रेम कटुबाल ले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा कवि ,कवियित्रीहरु राजन बाबु परियार , बीरबिक्रम सुनार , रजनी ढुंगाना,नैनकला राई , दिपक आचार्य “जलन”,किरण राई,इन्दिरा साह ,सुधिर राई,राज कुमार राई,अर्जुन बस्नेत उदाशी ,सागर खडका,दिल पाख्रीन, आकास सेर्पा,प्रेम कुमार राई,प्रसाद तिमिल्सेना,शान्ति राई ,आसा राई लगायतका ले विभिन्न रचनाहरु प्रस्तुत गर्नुभएको थियो ।
कुवैतमा छरिएर रहेका साहित्यलाई माया गर्ने नेपाली स्रस्टा तथा साहित्यप्रेमीहरुको बाक्लो सहभागीता रहेको उक्त कार्यक्रममा नेपाली साहित्य का बहुमुखी ब्यक्तित्व आदिकबी भानुभक्त आचार्य ले पुर्याउनुभयको योगदान लाई कसैले पनि बिर्सन नहुने कुरामा बक्ताहरुले जोड दिनुभएको थियो ।हरेक बर्ष झै यो बर्ष पनि भानुजयन्ती का लागी राजेन्द्र बिरही ले संयोजक को भुमिका निर्बाह गर्नुभएको हो ।यस्तै कार्यक्रम को संचालन दिपक आचार्य ” जलन” र रमेस किराँती ले सम्युक्त रुपमा गर्नुभएको थियो ।
भानुभक्त आचार्य ( वि. सं. १८७१ -१९२५) नेपाली बाङ्ग्मयका चम्किला ताराको रुपमा डेढ सताब्दि अघि नै स्थापित नाम हो । संस्कृत भाषामा मात्र रहेको रामायण ग्रन्थलाई सरल एवं सरश नेपाली भाषामा भावानुबाद गरी सबैमाझ लोकप्रिय बनाउनुभएका आदिकवि भानुभक्त आचार्यले तत्कालिन समाजमा भाषिक एकिकरण गर्न खेल्नु भएको भुमिका वास्तबमै ऐतिहासिक थियो । दर्जनौं फुटकर कृतिमार्फत वहाँले नेपाली भाषा साहित्यको उत्थान र बिकासमा पुर्याउनु भएको योगदान बिशिष्ट छ । अधिकांश कृतिहरुमा मौलिकता र नेपालीपन झल्कनु वहाँका रचनाहरुको बिशेषता हो । घाँस काटेर पाटी पौवा बनाउने एउटा साधारण घाँसीको अठोटबाट प्रभावित भएका भानुभक्तमा समेत सेवाभाव र सामाजिक दायित्वबहनबाट प्रसिद्धि आर्जन गर्ने ईच्छा जागृत भएको पाईन्छ ।
मुलुकभित्र मात्र नभई प्रवासमा बस्ने साहित्यानुरागीहरुले समेत भानुजयन्तिलाई यसरि धुमधामका साथ मनाउनुले नेपाली भाषा साहित्यमा वहाँको अतुलनीय योगदान र विशिष्टताको बर्णन गर्दछ ।
News &Views
प्रतिक्रिया दिनुहोस्: