वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

जेष्ठ नागरिक चौतारी भुरीगाउँको भवन सिलन्यास सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः सोमवार, पुस ११, २०७३     ::: 395 पटक पढिएको   |  

भुरिगाउँ, बर्दिया ।
बर्दियाको बबई नगरपालिका भुरीगाउँमा जेष्ट नागरिक चौतारीको भवन सिलन्यास गरीएको छ । बबई नगरपालिका क्षेत्रका वृद्धवृद्धाहरुका लागिका भजन किर्तन गर्ने स्थान नभएको भन्दै बबई नगरपालिका-२, डुम्रेनीका रण बहादुर शाही र अमृता शाहीले जेष्ठ नागरिक चौतारीलाई एक कठ्ठा जग्गादान गरेपछी सोमबार एक कार्यक्रमका बिच भवन सिलन्यास गरीएको  हो ।
सिलान्यास कार्यक्रमका प्रमुख अतिथी रमेश थापाले भवनको सिलान्यास गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यस क्षेत्रका वृद्धवृद्धाहरु जेष्ठ नागरिक चौतारीमा बसेर भजनकिर्तन मार्फत धार्मिक तथा पुरातात्वीक महत्वको बारेमा चर्चा गर्ने, वन वन्यजन्तु र वातावरण संरक्षण गर्ने, भावि सन्ततीलाई धर्म संस्कृती बचाई राख्न शन्देश दिने खालका भजन किर्तन कार्यक्रम गरीने उदेश्य रहेको बताईएको छ ।
बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाको प्रमुख आतिथ्यता, नेउलापुर स्वास्थ्य चौकीका ईन्चार्ज ईन्द्र बहादुर राजबंशीको बिशिष्ट आतिथ्यता र जेष्ठ नागरिक चौतारीका अध्यक्ष लक्ष्मीकान्त तिमिल्सेनाको सभापतित्वमा भवन सिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्