वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

समनश्रीका तीन मुक्तकहरु

        श्रेष्ठ समनश्री   |   प्रकाशित मिति: सोमवार, पुस ११, २०७३ ।    

मुक्तक – १

भगवानले  यति  सुन्दर मुहार बनाईदियो ।
मान्छेले त्यै मुहार बिक्ने बजार बनाईदियो ।
तिमी मान्छेलाई भगवान ठानिरहेछौ भने अब,
सोच भगवानले नै यो कस्तो विचार बनाईदियो ।।

मुक्तक –
मान्छेका हर व्यबहार, गुन कहाँ हुदो रैछ र ।
भगवानका पनि त चानचुन कहाँ हुदो रैछ र ।
म यहि सम्झेर चित्त बुझाईरहेछु हिजोआज,
आकाशसँग पनि त सधैं, जून कहाँ हुदो रैछ र ।।

मुक्तक – ३
“लडौला, नआऊ नजिक” यौटा तारे भिरले भन्यो ।
“जीवन, फगत् बोझ हो” यौटा फकिरले भन्यो ।
फकिरले पनि अब जिन्दगी, भिरमा खोज्दैछ यहाँ,
“नपस, सरकारजस्तै हो मूर्ति” मन्दिरले भन्यो ।।

प्रतिक्रिया दिनुहोस्: