वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

गजल : फुल टिप्नु छ अनि मन्दिरमा चढाउनु छ

        शितल विवश   |   प्रकाशित मितिः सोमवार, पुस ११, २०७३     ::: 808 पटक पढिएको   |  

गजल – १

फुल टिप्नु छ अनि मन्दिरमा चढाउनु छ ।
भोली बिहानै मैले भगवानलाई फकाउनु छ ।

डाक्टरले आमालाई भगवानको भरमा छाडिदियो,
पत्थरलाई ढोगेर आमालाई बचाउनु छ ।

बा स्वर्गे भएपछि ढुङ्गा कुट्न थाले,
बा हुदा भन्नुहुन्थ्यो धेरै पढाउनु छ ।

यो मन चन्चल बनि उडिदिन्छ भावनामा,
आज साथमै राखेर मनलाई संझाउनु छ ।।
गजल – २

दिएथे श्रद्दान्जली, पायो कि पाएन ।
खै मलाई त केहि, खबर आएन ।

तिमी आफुले आफुलाई, महान भन्छौ,
तिम्रो कुरा त, बालकले पनि पत्याएन ।

छोरो यता, फोन र फेसबुकमा मस्त छ,
आमा रून्छिन, छोरोले खायो खाएन ।

मैले जिन्दगिको, निर्णय गर्नु थियो,
तर ज्योतिषिले, केहि राम्रो बताएन ।
– ढोढरी, बर्दिया ।

प्रतिक्रिया दिनुहोस्