वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बबईशिशु बर्गदाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जगतराम थारु

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, पुस १०, २०७३ ।    

बगनाहा,बर्दिया ।
बर्दियाको बगनाहा श्रोत केन्द्र अन्तरगतका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यालय व्यवस्थापन समिती चयन प्रकृया भइरहेको छ ।
शिक्षा ऐनको आठौं संसोधन अनुसार देशभरका सम्पुर्ण सामुदायिक विद्यालयमा नयां प्रक्रिया अनुसार विद्यालय व्यवस्थापन समिती गठन प्रकृया सुरु गरिएकोमा वगनाहा श्रोतकेन्द्र अन्तरगत रहेका २१ वटा सामुदायिक विद्यालयमा सर्वसम्मतिवाट व्यवस्थापन समिति गठन गर्ने क्रममा आज बबई शिशु आधारभुत बिद्यालयमा आज नयाँ कार्य समिती चयन गरिएको जनाईएको छ।

आज गठित बबईशिशु आधारभुत बिद्यालय बर्गदाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जगतराम थारुलाई चयन हुनुभएको छ ।
बगनाहा श्रोत केन्द्र श्रोत ब्यक्ती नन्दाराम अधिकारीको प्रमुख अथिती रहनुभएको उक्त भेलामा प्रअ नारायण अधिकारीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो भने ब्यवस्थापन समितीका पुर्व अध्यक्ष पर्ना थारुको सभापतित्वमा सो भेला सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्: