वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

भट्टिमा पुग्छ मान्छे घर भन्दा पहिला।-अन्जु स्मारिका

          |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     ::: 1088 पटक पढिएको   |  

-अन्जु स्मारिका

जाडो आएछ हेर च्यादर भन्दा पहिला ।
भट्टिमा पुग्छ मान्छे घर भन्दा पहिला ।

बुढा बाआमा बिरामी देखेर छोराले पनि,
वकिल बोलायो-डाक्टर भन्दा पहिला ।

तिमी जुन सिहासनमा बसेर गर्जिदैछौ,
लाग्छ तिमी आयौ बाँदर भन्दा पहिला ।

सद्देलाई मूर्ख देख्छ,सत्यलाई नि झुट,
ऊ गाउँमा बसेनछ सहर भन्दा पहिला ।

महाराजको मुख बिशालु र धारिलो छ,
र त वचन लाग्छ खन्जर भन्दा पहिला ।

बर्दिया

प्रतिक्रिया दिनुहोस्: