वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

कल वाईपास गरेको अभियोगमा पक्राउ परेका ३ जना प्रहरीद्वारा सार्वजनिक

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शुक्रबार, पुस ८, २०७३     ::: 909 पटक पढिएको   |  

बर्दियाको सदरमुकाम गुलरियामा रहेर लामो समय देखि अनाधिकृत रुपमा अन्र्तराष्ट्रिय कल वाईपास गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले भारतको बहराईच जिल्ला थाना मोतिपुर ग्राम वलैगाउँ वस्ने वर्ष ३७ को सब्बु भनिने एहतिसाम अहमद, गुलरिया नगरपालिका वार्ड नं. ८ वस्ने वर्ष २७ का संदिप कुमार खड्का र कालिका गाउँ विकास समिती वार्ड नं. ६ मा दहित ट्रेडर्स सञ्चालन गरी वस्ने वर्ष ३७ का चुल्लुराम चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुबाट कलवाई पासका लागि प्रयोग गरिने एनसेलको सीम ६ वटा, नमस्तेको सीम ३ वटा, ३२ पोर्टको कलवाईपासका लागि प्रयोग गरिने उपकरण, डेक्सटप कम्प्युटर, तारहरु लगायतका विद्युतिय वन्दोवस्तीका सामानहरु समेत पक्राउ गरिएको प्रहरी उपरिक्षक भरत वहादुर वोहोराले जानकारी दिनु भयो । कलवाईपासबाट नेपाल दुरसञ्चार सेवा प्रदायकलाई २ करोड १८ लाख ९६ हजार रुपैया नोक्सानी भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई दुरसंचार ऐन २०५३ को दफा ४७ को ५ वमोजिम कसुरको मात्रा हेरी त्यस्तो व्यक्तीलाई हानी नोक्सानीको विगो वमोजिम जरिवाना वा ५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने प्रहरीले जनाएको छ । केही दिन अघि पक्राउ परेका उनीहरुलाई अनुसन्धान पश्चात प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्