वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

गजल: सरावको बोतल भर्खर सकिएको बेला

        डिबी रास्कल   |   प्रकाशित मिति: बिहिबार, पुस ७, २०७३ ।    

1.
के गर्ने छ्यौ हेर्ने नजर सकिएको बेला
र हेर्दाहेर्दै तिम्रो अधर सकिएको बेला

यो मृत्यु पनि एउटा खेल न हो आखिर
अब किन डराउनु डर सकिएको बेला

भो मलाई जिन्दगीको पाठ नसिकाऊ
जिन्दगी नै जिउने रहर सकिएको बेला

फेरि आएर तिमिले यो नसा उतारीदियौ
सरावको बोतल भर्खर सकिएको बेला

 

2.

एकाबिहानै एउटा अखबार मिलेको थियो
त्यसैमा तिम्रो पनि समचार मिलेको थियो

त्यो पनि तिमीले बीच बाटो मै छोडेर आयौ
हेर! अलिकती खुसी उपहार मिलेको थियो

मैले आमाको लागि नै तिमीलाई छोडेको हो
आमाकै काखमा मलाई संसार मिलेको थियो

तिमीलाई भेटेदेखी जिउने आशा हराएको छ
खै कसरी स्वीकारुँ र मैले प्यार मिलेको थियो

बबई नपा बर्दिया

प्रतिक्रिया दिनुहोस्: