वि.सं.   आइतवार, मंसिर २२, २०७६   तदनुसार  8 December 2019

१५ लाख घुससहित गेरूवाको एक कटेजबाट ३ इन्जिनियर र एक सवारी चालक पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन ४, २०७६ ।    
Loading...

राजापुर- कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय, राजापुरका तीनजना इन्जिनियर र एक सवारी चालक १५ लाख घुससहित शनिबार दिउँसाे पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालय प्रमुख गणेश गैरेको नेतृत्वमा खटिएको टोलीले इन्जिनियर वीश्वेश्वरप्रसाद शाह, कमलप्रसाद सिटौला, हरिप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई पक्राउ गरेको हो। उनीहरूलाई गेरूवा गाउँपालिका–१, एचआरपि कटेजबाट पक्राउ गरिएकाे हाे। आयोजनाको कामको सहजीकरणबापत् घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रमुख गैरेले बताए।

प्रतिक्रिया दिनुहोस्: