वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

एक हप्ता लामो नेपाल यात्रामा आउदै अन्तरिक्ष यात्री बज

          |   प्रकाशित मितिः बुधबार, भदौ १, २०७३     ::: 173 पटक पढिएको   |  

महेन्द्र बिष्ट/काठमान्डौ- 
८६ बर्षीय अमेरिकी अन्तरिक्ष यात्री बज एल्द्रिन यहि आउदो सेप्टम्बर ४ अर्थात्  भाद्र २३ गते नेपाल भ्रमणमा आउने भएका छन्।  
जुलाई २०, १९६९मा दुइ अन्तरिक्ष यात्रीहरु निल आर्म्स्ट्रॉंग र बज एल्ड्रिंनले चन्द्रमाको सतहमा पहिलो पल्ट पाइला टेकी यो बिश्व समुदायलाई नै चकित पारेका थिए ।
केहि बर्ष पहिले उनले चन्द्रमा बाट ल्याएको चट्टानलाइ एभरेस्ट साइन्स सेन्टले काठमाडौमा प्रदर्शन गरेको थियो।
एभरेस्ट साइन्स सेन्टर नेपालको निमंत्रनामा बज का साथै उनका छोरा, बुहारी, एलिजाबेथ विल्सन, नासा होस्टन अमेरिकाका सीइओ र बैज्ञानिक जोसेफ विल्सन लगायत ६ जनाको टोलि नेपाल आउने तय भएको छ। नेपाल आएको दोश्रो दिन सो टोलिले माउन्टेन फ्लाइट र साथसाथै बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
तेश्रो दिन अर्थात्  भाद्र २१ गते एभरेस्ट सेन्टर बिराटनगर जाने र भाद्र २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा उनको चन्द्र-यात्रा सम्बन्धि अनुभव र बुध ग्रहमा मानव बसोबासको सम्भाव्यता सहितको बिशेस सेमिनार समेत आयोजनाका लागि हल बुकिंग समेत गरिसकीएको आयोजक समितिका एक सदस्य दिनेश बिष्टले बर्दिया अनलाइनलाई  जानकारी दिए।
बिशेषत अन्तरिक्षबिज्ञान सम्बन्धि रुची राख्ने सम्पूर्ण बिद्यार्थी तथा आम सर्वसाधारणहरुको लागि सो सेमिनार लाभपूर्ण रहने र  बजको यस भ्रमण समग्र देशको लागि गौरवको पल साबित भइ नेपालको इतिहासमा एक स्वर्णिम दिन बन्ने बिश्वास आयोजकको रहेको छ ।

News &Views
प्रतिक्रिया दिनुहोस्