वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

बर्दियामा सुनको कालोबजार गर्ने १४ जना सुन व्यवसायी पक्राउ

        सुदीप अधिकारी   |   प्रकाशित मिति: आइतवार, असार १७, २०७५ ।    

सुदीप अधिकारी/बर्दिया ।
सुनमा मिसावट गरि कालोबजारी गरेको आरोपमा बर्दियामा १४ जना सुन व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली उनीहरुलाई पक्राउ गरेको हो ।
अनुगमन टोलीले शनिबार बेलुका गुलरिया, बासगढी र राजापुरका सुन पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा टोलीले नमूनाका लागि केही सुन संकलन गरेको थियो । संकलन गरिएको सुन गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा सुनमा ८ प्रतिशतसम्म अन्य धातु मिसावट गरेर विक्री गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।
पक्राउ पर्नेमा विजयलक्ष्मी सुनार, सन्तोषी सोनी, इश्वरकुमार विश्वकर्मा, भिमबहादुर सेञ्चुरी, कविराम विक, भगवान शरण सोनी, परशुराम सुनार, र निमप्रकाश सुनार छन् । यस्तै, यमलाल विश्वकर्मा, इन्द्रमान सुनार, सिता सुनार, त्रिभुवन सुवर्णकार, शिवबहादुर सुनार र संगिता सुनारलाई सुनमा मिसावट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई कालोबजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाहीको लागि प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कुरुङ्बाङले बताए ।


जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले केही दिन अघि भुरिगाउँ बजारमा रहेका किराना पसल, खाद्य पसल, औषधी पसल र पेटल पम्प अनुगमन गरेको थियो । अनुगमनका क्रममा भेटिएका अखाद्य र म्याद गुज्रेका बस्तुहरु नष्ट गरिएको थियो । कालोबजारी र ठगी नियन्त्रण गरि नागरिकाहरुको हित संरक्षण गर्न प्रत्यक हप्ता बजार अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: