वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

बर्दियामा जंगली हात्तीको आतंक बढ्दो, कर्मलामा ३ घर भत्कायो

        बअ सम्बाददाता   |   प्रकाशित मितिः बिहिबार, मंसिर ३०, २०७३     ::: 1825 पटक पढिएको   |  

भुरिगाउँ, बर्दिया ।

बर्दिया राष्ट्रिय निकुन्जबाट निस्किएका हात्तीहरु गाउँ पस्दा निकुञ्ज आसपासका सामुदायिक वन र मध्यवर्ती क्षेत्रका गाउँका बासिन्दाहरु त्रसित भएका छन् ।


पछिल्लो पटक ठाकुरद्वाराका विभिन्न गाउँ तथा बबई नगरपालिकाका विभिन्न गाउँमा पसेर सर्वसाधारणको घरगोठ भत्काउने र घरमा राखेको अन्न खाइदिएपछि स्थानियबासी आतंकित भएका छन् ।

मंगलवार राती वर्दिया राष्ट्रिय निकुन्जबाट निस्केर बबई नगरपालिका–३, कर्मला र रानीपुर गाउँमा प्रवेश गरेको जंगली हात्तीले स्थानियको घर भत्काउनुका साथै घरमा राखेको खाद्ध्यन्न खाई दिएको छ ।
यसैबिच निकुञ्ज किनारबाट जंगली हात्ती लगायतका बन्यजन्तु बाहीर आउन नदीनका लागि निकुञ्ज किनारको सैनवार देखि, डुम्रेनी, कर्मला, बलाती हुँदै आम्बासा सम्मको झण्डै १६ किलोमिटर दुरीमा ब्यवस्थित रुपमा फलामका पोल सहितको विद्युतिय तारबार लगाउदा समेत हात्ती आउन नछाडेपछि स्थानियवासी त्रसित भएका छन ।

प्रतिक्रिया दिनुहोस्