वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

राजापुर खैरी चन्दनपुर बन्द: जनजीवन कष्टकर

        बअ सम्बाददाता   |   प्रकाशित मितिः बुधबार, मंसिर २९, २०७३     ::: 889 पटक पढिएको   |  

बर्दियाको ११ गाविस क्षेत्र राजापुर ओहोरदोहोर गर्ने मुख्य सडकमा पर्ने गुलरिया राजापुर सडकको कोठियाघाट पुल पुनर्संरचनाप्रति असन्तुष्ट स्थानीय बासिन्दाले बन्द गरेका छन् ।
यसअघि पनि आन्दोलनमा रहेका स्थानीय खैरीचन्दनपुर गाविसका बासिन्दाले माग पूरा नभएको भन्दै सोमबारबाट फेरी अनिश्चितकालीन बन्द घोषणा गरेका हुन् । खैरीचन्दनपुर गाविसका बासिन्दाले सडक अवरुद्ध गर्दै आन्दोलनको बढाउने बताएका छन् । खैरीचन्दनपुर गाविसलाई राजापुर नगरपालिकामा कायम गर्नुपर्ने माग राख्दै आन्दोलनमा थालेको आन्दोलनका संयोजक दयाशंकर चौधरीले बताउनुभयो ।
गएको शनिबार जिल्ला विकास समितिमा बसेको बैठकले खैरीचन्दपुरलाई गाउँपालिकाबाट हटाएर नगरपालिकामा नराखेकोले बाध्य भएर फेरी आन्दोलन गर्नु परेको संयोजक चौधरीले जानकारी दिनुभयो ।
आन्दोलनकारीले कोठियाघाटदेखि सत्तिघाटसम्म बन्द गरेका छन् । बन्दका कारण राजापुर लगायत क्षेत्रमा रहेका शैक्षिक संस्था, पसल, यातायात बन्द छन् । बन्दका कारण जनजीवन कष्टकर बनेको छ । यसअघि आन्दोलनमा रहेका स्थानीय बासिन्दालाई माग पूरा गर्ने भनेपछि बन्द फिर्ता भएको थियो ।

यसैबिच हाम्रा सहकर्मी गान्दिप कायस्थले जनाए अनुसार आन्दोलनकर्ताहरुको आज बसेको बैठकले  २४ घण्टे बन्द हटाई बिहान ५ बजे देखी साझ ५ बजेसम्म बन्द गर्ने र भोली ३० गते  जिल्लामा डेलिकेशनको लागी जाने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्