वि.सं.   आइतवार, माघ १२, २०७६   तदनुसार  26 January 2020

कालिका माविमा धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञ शुरु

          |   प्रकाशित मिति: बिहिबार, पुस ३, २०७६ ।    
Loading...

राजापुर(बर्दिया): प्राविधिक शिक्षा अन्तर्गत १८ महिने अमिन तथा ३ बर्षे सर्वेक्षक बिषयको कक्षा संचालन गर्ने उदेश्यले बर्दियाको राजापुर स्थित कालिका माध्यामिक विद्यालयमा धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञ शुरु भएको छ । पुष १ देखी पुष ९ गतेसम्म संचालन गरिने महायज्ञको संघिय सांसद तथा पुर्वमन्त्री सन्तकुमार थारुले उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथी समेत रहेका सांसद तथा पुर्वमन्त्री थारुले सम्बोधन गर्दै नेपालमा शिक्षामा सुधार र बेरोजगारी हटाउन प्रबिधिक शिक्षाको आवश्यक रहेको भन्दै प्राविधिक शिक्षा सँचालनार्थ आफ्नो क्षेत्र बिकास कोष मार्फत कालिका माबि चनौरालाई २५ लाख रुपैया सहयोग गर्ने र तराई मदेश कार्यक्रम र्माफत ५० लाख रकम बिद्यालयलाई सहयोग उपलब्ध गराउने घोषणा गरेका छन ।
महायज्ञमा प्रदेश नं ५ प्रदेश सभा सदस्य दिपेश थारुले बिगतलाई स्मरण गर्दै थारु, जनजाती कोटाबाट अमिन र सर्वेक्षकको आवश्यकता परेको बेला बाँके,बर्दिया,कैलाली, कन्चनपुरमा कोहि नभेटिएको भन्दै अब कालिका माध्यामिक बिद्यालय चनौराले त्यो आवश्यकता पुरा गर्ने र राजापुर क्षेत्रमा शिक्षाले अग्रस्थान लिने भन्दै र्निवाचनका बेला प्रत्यक पालिकामा प्राबिधिक शिक्षा स्थापना गर्ने प्रतिबद्द्ता आफुहरुले पुरा गर्न लागीरहेको बताए । सांसद थारुले कालिका माध्यामिक बिद्यालय चनौरालाई २० लाख रुपैया सहयोग रकम उपलब्ध गराउने उद्घोष गरेका छन ।
कार्यक्रमको सफलताको शुभकामना दिदै राजापुर नगरपालीकाका प्रमुख शिव प्रसाद चौधरीले राजापुर नगरपालिकाले बिभिन्न कार्यक्रम ग्रदै आएको, शिक्षा, स्वास्थ, सामाजिक बिकास र भैतिक बिकासमा लागी रहेको भन्दै राजापुर नगरपालिकाको तर्फबाट रु १५ लाख रुपैया सहयोग गर्ने उद्घोष गरे ।
अमिन तथा ३ बर्षे सुपरिवेक्षक बिषयको अध्यनको लागि प्रदेश मुकाम तथा संघिय राजधानी धाउनुपर्ने समस्यालाई हल गर्नका लागी महायज्ञ मार्फत आर्थिक संकलन गर्ने लक्ष्यका साथ ज्ञान महायज्ञको आयोजना गरिएको मुल आयोजक समितीका अध्यक्ष खुशी राम थारुले बताए । महायज्ञ मार्फत झण्डै १ करोड रुपैया आर्थिक संकलन गर्ने समितीको लक्ष्य रहेको छ ।
पहिलो दिन मधुवन नपा ४ बेलुवाका सुरेश पन्तले २ लाख ११ हजार रुपैया र सोनपुरका रेशम चौधरीले १ लाख १ रुपैया दान गरेका छन् ।
हिजो महायज्ञ संचालन गरिएको क्षेत्र विद्यालय परिसरबाट बिभिन्न झाँकि सहित बिशाल शोभा कलश यात्रा निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: