वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

भारतले सार्वजनिक गरेको नक्साको विरोधमा राजापुरमा प्रर्दशन

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: आइतवार, कार्तिक २४, २०७६ ।    
Loading...

राजापुर बर्दिया- भारतले गरेको सीमाको हस्तक्षेपको विरोधमा बर्दियाको राजापुरमा दवाबमूलक र्‍याली आयोजना गरिएको छ । स्वतःस्फुर्त रुपमा निस्केको स्थानीयहरुको सहभागितात्मक र्‍यालीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद,कालापानी लिपुलेक हाम्रो हो,सिमा मिच्न पाईदैन,नेपाली एकता जिन्दावाद,यस्तो छिमेक चाहिंदैन भन्ने नारा लगाउदै राजापुर बजारको परिक्रमा गरेको थियो । राजापुर चौक बजारबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गर्दै चोक वजारमा पुगेर कोणसभा गरिएको थियो।


विकास प्रेमी यूवा समाज राजापुरको आयोजनामा सम्पन्न विरोध र्‍यालीमा बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण कुमार रेग्मी, राजापुर.नगरपालिका वाड.न ४ वडाका अध्यक्ष रमनकुमार रेग्मी, ८ नं. वडा अध्यक्ष चिन्तामणि आचार्य, विकास प्रेमी यूवा समाजका जिल्ला सल्लाहकार सुर्य के.सी., समाजका जिल्ला उपाध्यक्ष यूवराज के.सी., महिला, समाजसेवि, बुद्धिजिवी,व्यापारी, जनप्रतिनधी, सञ्चारकर्मी लगायत स्थानियबासीहरुकोे बाक्लो सहभागीता जनाएका थिए ।
नेपाली भुभागलाई समेटेर भारतीय पक्षले राजनीतिक नक्शा सार्वजनिक गरेपछि त्यसबिरुद्ध नेपालमा चर्को प्रदर्शन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्: