वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

सरस्वती सामुदायिक वन उपभोक्ता समूहको सार्वजनिक सुनुवाई सम्पन्न

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, भदौ ३१, २०७६ ।    

राजापुर- राजापुरमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहले २०औ साधारण सभा तथा १६औ सार्वजनिक सुनुवाई, जनलेखा परिक्षण सम्पन्न गरेको छ ।
समुहले लामो समयदेखि वनमा सहयोग गर्ने १० सदस्यलाई सम्मान गरेको छ भने १६१ जनालाई सुपानेट झुल वितरण गरेको छ । कार्यक्रममा सामुदायिक वनको आ व २०७५/०७६ ११ लाख ८३ हजार १ सय ४५ रुपैया ५६ पैसा वरावरको आयव्यय विवरण पेश गरिएको छ भने आ व २०७६/०७७ मा १५ लाख ८९ हजार २ सय ३० रुपैया १६ पैसा वरावरको अनुमानित आय विवरण पेश गरिएको छ । ३४.६ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनले स्थानिय उपभक्ताहरुलाई खर खडिया सहित काठ दाउरामा सहयोग गर्दै आएको छ । समूहका सदस्यहरुका सन्तानलाई १० जनालाई शैक्षिक छात्रवृत्ति, १३ जना विपन्न सदस्यहरुलाई १५ हजारका दरले ऋण लगानी सहयोग समेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...