वि.सं.   आइतवार, मंसिर २२, २०७६   तदनुसार  8 December 2019

डेंगु सतकर्ता अभिमुखीकरण सम्पन्न

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६ ।    
Loading...

राजापुर- देशभर डेंगु रोगको संक्रमण फैलिन थालेपछि बर्दियाको राजापुर नगरपालिकाले सतकर्ता अपनाएको छ । नगरपालिका स्वास्थ्य शाखाले आज सरोकारवालासंग अभिमुखीकरणको आयोजना गरेको हो । डेंगु रोग नियन्त्रणका लागी सरसफाई गर्नुको साथै गाँउगाँउमा सबै वडामा सचेतनामुलक अभियान संचालन गर्ने निर्णय गरेको छ । नगरपालिकाका विभिन्न सार्वजनिक स्थान, विद्यालय, मदरसा लगायत स्थानमा डेंगु रोगको परिचय, लक्षण तथा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा प्रबचन, पोस्टर, पम्पलेटको माध्यमले व्यापक प्रचार प्रसार गर्ने समेत सहमति भएको छ । कार्यक्रममा राजापुर नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर भानुभक्त ढकालले डेंगु रोगको संक्रमणका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बर्दिया उद्योग बार्णिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीले डेंगु रोगको संक्रमण, जोखिमबाट बच्ने उपाय तथा समुदायमा स्वास्थ्य सचेतना कार्यक्रमका विषयमा सुझाव दिएका थिए । डेंगु नियन्त्रणकालागी राजापुर नगरपालीकाले सहयोग गरेमा बिकासप्रेमी युवा संजाल तयार रहेको संजालका सल्लाहकार सुर्य केसीले बताए । वडाध्यक्ष रमन कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नगर उप प्रमुख मनकला कुमारी चौधरी प्रमुख अतिथी  थिए । कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, अन्य सरोकारवाला निकायको सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्: