वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

राष्ट्रिय प्रकृती संरक्षण कोष ठाकुरद्धाराको कार्यालयमा संरक्षणकर्मीद्धारा तालाबन्दी

        भावुक योगी   |   प्रकाशित मितिः मङ्लबार, मंसिर २८, २०७३     ::: 208 पटक पढिएको   |  
ठाकुरद्वारा ।
बर्दियाको ठाकुरद्धारामा रहेको राष्ट्रिय प्रकृती संरक्षण कोषको कार्यालयमा स्थानिय संरक्षणकर्मी युवाहरुले तालाबन्दी गरेका छन् ।
विभिन्न ७ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका संरक्षणमा आबद्ध संरक्षणकर्मी युवाहरु चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान संजाल, प्रकृति पथ प्रर्दशक संघ, बर्दिया प्रकृति संरक्षण क्लव लगायतका स्थानीय संघ संस्थाहरुले माग पूरा नभएको भन्दै संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।
चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका लागि बर्दियामा आएको कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने, बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी सिमाना सुर्खेतसँग जोडिएको क्षेत्रमा गरिने कार्यक्रम सार्वजनिक गर्नुपर्ने, कम्तीमा १० जना वन्यजन्तु पीडितलाई रोजगारी दिनुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान संजाल बर्दियाका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिनुभयो ।
आईतबार देखि तालाबन्दी गरिएको कार्यालयमा दोश्रो दिन पनि ताला खुलेको छैन् । कोषलाई डव्लु डव्लु एफ लगायतका अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले वर्षेनी सहयोग गर्दै आएका छन् ।
कार्यालयमा लिखित र मौखिक रुपमा पटकपटक माग राख्दा पनि वेवास्ता गरेपछि ताला तगाउनु परेको उहाँको भनाई छ । माग पूरा नगरेसम्म ताला नखोल्ने बताउँदै आफ्ना माग प्रति कुनै सुनुवाई नभए आन्दोलनका थप कार्यक्रमहरु अघि सार्ने उहाँले बताउनुभयो ।
यता राष्टिय प्रकृती संरक्षण कोषका प्रमुख संरक्षण अधिकृत अम्बिका खतिवडाले बर्दिया राष्ट्रिय निकुञ्जमा ३ साता देखि बाघ र बाघका आहारा प्रजातीको अनुगमन चलिरहेका बेला बाघ अनुगमन प्रभावित हुन सक्ने भन्दै संरक्षण अधिकृत शैलेन्द्र यादवको सरुवा रोक्न माग गर्दै स्थानिय चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान संजाल, बर्दिया प्रकृती संरक्षण क्लब र प्रकृती पथ प्रर्दशक संघले संयुक्त रुपमा तालाबन्दि गरेको बताउनुभयो ।
यादवको सरुवा केन्द्रबाटै भएकाले आफुले पनि बाघ अनुगमनमा समस्या हुन नदिन भन्दै सरुवा रोक्ने प्रयास गरीएपनि केन्द्रको निर्णयलाई उल्टाउने अधिकार आफुलाई नभएकाले आफूले माग पूरा गर्न नसकेकाले नै तालावन्दी खेप्नु परेको उहाँको भनाई छ ।
राष्टिय प्रकृती संरक्षण कोषका प्रमुख खतिवडाले यादवको सरुवाको विषयमा आफुले नभई केन्द्रबाटै सरुवा भएकाले बाघ अनुगमन प्रकृयालाई असर नपर्ने गरी सरुवा रोक्ने प्रयास थालेको र युवा लक्षित कार्यक्रमका बारेमा बिस्तृत जानकारी दिने बताउनुभयो ।
युवाहरुले पारदर्शिताका बारेमा उठाएको माग जाएज भएपनि संंस्थाको आन्तरिक तथा महालेखा परिक्षकबाट अडिट हुने भएकाले रकम हिनामिना नभएको उहाँले बताउनुभयो । तालाबन्दीका सम्वन्धमा केन्द्रमा जानकारी गराई सकेकाले यस विषयमा केही दिन भित्रै सहमति हुने उहाँले बताउनुभयो ।
सरुवाको चर्चा चलेपनि आफुलाई भने अहिले सम्म कतैबाट पनि सरुवाका बारेमा जानकारी नभएको बाघ र बाघको आहारा प्रजातीका वन्यजन्तुको अनुगमनमा खटीनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत शैलेन्द्र यादवले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्