वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

गेरुवा गाउँपालिका ६ नं वडा कार्यालयमा विप्लव समुहद्वारा आगजनी

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, असार २४, २०७६ ।    

मनाउ- सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लवले बर्दियाको गेरूवा गाउँपालिका वडा नं ६ को कार्यालयमा आगजनी गरेको छ। हिजो राति १२ बजे नेकपाका कार्यकर्ताले गेरूवा गाउँपालिका वडा नं ६ को मनाउको प्रसेनीपुर अवस्थित वडा कार्यालयमा कार्यालयमा आगजनी गरेको हो ।
आगजनीबाट कार्यालयका श्रेष्ता लगायत सम्पूर्ण महत्वपूर्ण कागजात कम्पयुटर लगायत सामानहरु जलेर नष्ट भएको वडा अध्यक्ष टेकबहादुर चौधरीले वताए । वडा कार्यालयमा आगजनी भएको सुचना पाए लगत्तै प्रहरिले टोली घटना स्थल पुगेको थियो । आगो नियन्त्रण लिने क्रममा वडा कार्यालय रहेको घरको छत खसेपछि ईलाका प्रहरी कार्यालयका पाताभारका प्रहरी निरिक्षक यम बहादुर मल्ल घाइते भएका छन् । घाइते प्रहरी निरिक्षक मल्लको बाँकेको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
कार्यालय वरपर नेकपा विप्लवको भेरि कर्णाली व्युरो लेखिएको पर्चा भेटिएकाले आगजनी विप्लव समूहलेनै गरेको प्रहरीले जनाएको छ । आगजनी गर्नेहरुको खोजी कार्य भइरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...