वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

राजापुरमा रंगशालाको निर्माण कार्य तिव्र

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शनिबार, असार २१, २०७६ ।    

राजापुर- बर्दियाको राजापुरमा निर्माणधिन रंगशालाको निर्माण कार्य तिव्र गतिमा अगाडि बढेको छ । प्रदेश सरकारको आर्थिक सहयोग र राजापुर नगरपालिकाको समन्वयमा राजापुर नगरपालिका वडा नं. ३ टेडियामा रहेको  अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरको ३ विगाहा १० कठ्ठमा जग्गामा रङशाला निर्माण कार्य भई रहेको हो ।

राजापुरमा रङ्गशाला निर्माण हुन थालेपछि राजापुरवासी हर्षित भएका छन । खेलकुदका माध्यमबाट पनि समग्र भौरा क्षेत्रलाई चिनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडि यो क्षेत्रले जन्माए पनि सुविधा युक्त रङशाला नहुदा खेलाडिलाई अभ्यास गराउन, खेल खेलाउन र विभिन्न प्रतियोगिताहरुको आयोजना गर्न समस्या हुने गरेको अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरका शिक्षक तथा खेल प्रशिक्षक खड्गध्वज जिसीले बताए । राजापुर वडा ३ मुरैयाका किक वक्सिङ खेलाडि विजयविक्रम दहितले खेल खेल्न राजापुर स्कुलको मैदान कि सरस्वती सामुदायिक वनको मैदान पुग्नु पर्ने गर्थ्यो अव रङ्शालाको निर्माण भएपछी त्यो समस्या नहुने बताए । यो क्षेत्रबाट अव उत्पादन हुने खेलाडि अझ बढी मेहनती र प्रभावशाली हुने उनको भनाई छ । राजापुरमा रङ्गशाला निर्माण भएमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका खेलाडिहरुलाई प्रत्यक्ष फाईदा हुने र भौरा क्षेत्रमै राष्ट्रिय स्तरका खेल खेलाउन र राष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्न सकिने राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीले रङ्गशालाको निर्माण अनुगमनको क्रममा बताईन ।

प्रतिक्रिया दिनुहोस्:


Loading...