वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

कमलरीहरुलाई प्राविधिक शिक्षा र सिपमुलक तालिम तथा रोजगारीको व्यवस्था गर्नुपर्छ: उपसभामुख थारु

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, असार १७, २०७६ ।    

राजापुर- बर्दियाको राजापुरमा मुक्त कमलरीहरुको समस्या र समाधानका उपाय बिषयक एक दिवसीय समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सितल थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ की उपसभामुख कृष्णी थारु प्रमुख अतिथि तथा राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरीको विषेश आतिथ्यता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा मुक्त कमलरीहरु भोग्नु परेको समस्या र अवका दिनमा हुन सक्ने सकारात्मक उपायहरु समेटेर कार्यक्रममा मुक्त कमलरीहरु र नेपाल सरकार विच २०७० जेठ २४ गते भएको १० वुदे सहमति भएको ५ वर्ष भएतापनि अहिलेसम्म धेरै वुदाहरु कार्यन्वयन नभएकोले उक्त सहमतिका वुदाहरु कार्यन्वयन गराई उक्त कमलरीहरुको हक अधिकार प्राप्तीको लागी ध्यानकर्षण गराउन ज्ञापन पत्र पेश गरिएको थियो । ज्ञापन पत्र वुझ्दै प्रदेश नं. ५ की उपसभामुख तथा प्रमुख अतिथि कृष्णी थारुले अव कमलरीहरुलाई प्राविधिक शिक्षा र सिपमूलक तालिम तथा रोजगारीको व्यवस्था गर्नु प्रने देखिएको भन्दै उक्त कमलरीहरुलाई बाँकी परिचय पत्र बितरण गर आफुले पहल गर्ने बताईन । विशेस अतिथिको आसनबाट वोल्दै राजापुर नगरपालिकाका नगरप्रमुख शिव प्रसाद चौधरीले कमलरीहरुले मुक्ति भए पनि मुक्तिको सास फेर्न नपाएको भन्दै स्थानिय सरकारले पनि केन्द्र तथा प्रदेश सरकारसँग मिलेर उनिहरुको जीवन स्तर उठाउन सक्दो पहल गर्ने बताए ।
बर्दियामा २४९५ कमलरी भए पनि १५८ ले मात्र परिचय पत्र पाएका छन् भने बाँकेमा ५३० दाङका २९४२ मध्य १३७, कैलालीका २७६८ मध्य ९०० र कञ्चनपुरमा जम्मा ४१८ जनाले परिचय पत्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...