वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

१६औँ राष्ट्रिय धान दिवस राजापुरमा धुमधामले मनाईयो (फोटो फिचर)

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: आइतवार, असार १५, २०७६ ।    

राजापुर- १६ औँ राष्ट्रिय धान दिवस बर्दियाको राजापुरमा धुमधामका साथ मनाइएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । सरकारले यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बर्दियाको राजापुरमा निर्णय गरेको थियो ।


राजापुरमा आयोजित १६ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको आधुनिक कृषि औजारहरु ट्रयाक्टर तथा धान रोप्ने मेसिनको प्रयोग गर्दै जोतेर र धान रोपेर उद्घाटन गरिएको थियो । कूषि बिभाग बाली विकास तथा जैविक विविधता संरक्षक केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण राजापुरको आयोजनामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बल्देबले कृषि क्षेत्रलाई आधुनिक, नाफा मूलक, सम्मान र सबैको आकर्षणको क्षेत्र बनाउन कृषि प्रणालीमा सुधार आवश्यक रहेको औल्याएका थिए भने धान दिवस तथा रोपाई महोत्सव केबल मनोरञ्जनको लागि मात्र नभई किसानको जीवनस्तर साँच्चिकै उठाउनका लागि रोपाई महोत्सवको आयोजना गरिएको बताएका थिए ।

नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेको र युवाहरु विदेसिँदा जमिन बाँझो हुँदै गएको उल्लेख गर्दै मन्त्री खनालले युवालाई कृषिमा आकर्षित गर्न सोच र कृषि प्रणालीमा सुधार गर्नु जरुरी रहेको बताए । विषादी मल मुक्त, प्रारंगिक मल युक्त नेपाल बनाउन बिदेशीएका लाखै युवाहरुलाई स्वरोजगार बनाउने योजनाका साथ नेपाल सरकारले कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरणलाई प्रथामिकता दिएर काम अघिबढी रहेको मन्त्री खनालले बताए । लाखौ युवाहरुलाई रोजगार दिने कृषि, पर्यटन र उर्जा क्षेत्रमा सरकारले विशेष प्राथमिकता दिएर काम गरिरहेको उनको भनाई छ । मन्त्री खनालले भने, त्यसको पहिलो चरण अन्र्तगत १ अरब ९० करोडको लागतमा कारखाना स्थापना गर्न लागिएको छ ।’राजापुरमा चैते धान‘को व्यावस्थापनका लागी धन सुकाउने मेसिन, मिल र सिचाई व्यावस्थापन गर्न यसै वर्ष बजेट बिनियोजन गर्ने बताएका छन। विचौलियाको कारणले पनि कृषि क्षेत्र रोजाईको क्षेत्र हुन नसकेको भन्दै मन्त्री खनालले विचौलियाबाट कृषकहरुलाई बचाउन सरकारले समयमै समर्थ मूल्य तोक्ने र उत्पादन भएको केही प्रतिशत उब्जनी सरकारले खरिद गर्ने रणनीति सरकारले लिएको बताए । मुलुकका ७/८ जिल्लालाई पुग्ने गरी धान उत्पादन गर्दै आएको राजापुर क्षेत्रको सम्मानका लागि पहिलो पटक काठमाडौ उपत्यका बाहिर बर्दियाको राजापुर क्षेत्रमा धान दिवस तथा रोपाई महोत्सवको आयोजना गरिएको मन्त्री खनालको भनाई छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले किसानहरुको वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराउन सके कृषि क्षेत्रमा सबैको आकर्षण बढ्ने बताए । अध्यक्ष श्रेष्ठले भने ‘किसानको वर्गीकरण गरी सोही अनुरुपको राज्यबाट प्रदान गरिने सेवा सुविधाको व्यवस्था आवश्यक छ। डेढ सय अर्बको आयात गर्दा १३ अर्ब मात्र निर्यात भएको उल्लेख गर्दै उनले भने, ‘विदेशबाट आयातको माग भैरहेको छ तर हामी उत्पादन बढाउन सकेका छैनौ जबकी हाम्रो देशमा उत्पादन नहुने केही छैन । त्यसको लागि राम्रो योजना र व्यवस्थापन हुनु पर्छ ।’
राजापुरमा मात्र १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने ५ हजार हेक्टरमा चैते धान रोपाइँ हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।


नेपालमा वि सं २०६१ सालदेखी धान दिवस मनाउन थालिएको हो। नेपालमा वर्षेनी ५६ लाख मेट्रिकटन धान उत्पादन हुन्छ । र पनि २७ अर्बको धान आयात हुने गरेको छ । कृषि विभागका अनुसार नेपालमा अहिले १ लाख २५ हजार हेक्टरमा चैते धान उत्पादन हुने गरेको छ । कृषि विभागका महानिर्देशक सुर्यप्रसाद श्रेष्ठको अध्यक्षता, कृषि तथा पशुपंन्छी बिकास मन्त्री माननीय चक्रपाणी खनाल “बलदेव“ को प्रमुख आतिथ्यता, राष्ट्रिय कृषि आयोगका अध्यक्ष श्री चित्रबहादुर श्रेष्ठको बिशेष आतिथ्यता, पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय शन्तरकुमार थारु, माननीय सञ्जय गौतम, प्रदेश नं.५ का उपसभामुख माननीय कृष्णी थारु, प्रदेश सभा सदस्य माननीय दिपेश थारु लगायत बिभिन सरकारी कार्यलयका प्रमुख, कूषकसमुह किसानहरुको उपस्थीतीमा १६ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव बदियाको राजापुरमा भव्यताका साथ मनाइएको हो ।

यसैविच बर्दियाको ठाकुरबाबा नगरपालिकाले पनि नगरस्तरिय रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । थारु समुदाय बिकास मन्च, चूरे मावी टेक्स कार्यक्रम, थारु अग्रोभेटको सहकार्य तथा ७ नं वडाकार्यालय कृषक समन्वय समितीको व्यवस्थापनमा रोपाइँ कार्यक्रम गरिएको थियो ।
नगर उपप्रमुख कृष्णा कुश्मा थारुको प्रमुख आतिथ्यतामा नगरपालिकाको वडा नं ७, माेहनपुरमा करिव ८ कठ्ठा खेतमा धान राेपिएको थियो । कार्यक्रममा झन्डै ३५० जनाकाे सहभागितामा रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...