वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

राजापुरमा असार १५ गते भव्य रुपमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुने

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शनिबार, असार १४, २०७६ ।    

राजापुर- सरकारले यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव बर्दियाको राजापुरमा मनाउने भएको छ। राजापुरमा मनाईने १६ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवको पूर्वसन्ध्या पारेर हिजो पत्रकार सम्मेलन गरिएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्दै राजापुर नगरपालिकाको वडा नं. ८ मा हुने असार १५ गते १६ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भव्य र सभ्य रुपमा मनाउन प्रचारप्रसारका लागि पत्रकार सम्मेलन गरिएको आयोजक मूल समारोह समितिले जनाएको छ ।

महोत्सवका बारेमा जानकारी दिदै नगरप्रमुख शिवप्रसाद चौधरी

धान उत्पादनको दृष्टिले महत्वपूर्ण मानिएको यस क्षेत्रमा कृषि कार्यका लागि आवश्यक पूर्वाधार र यान्त्रिीकीकरणको अभावमा नसकिएको र किसानले शत्रुजीवको व्यवस्थापन गर्ने आधुनिक तरिकाको प्रविधि प्रचार गर्न यो दिवस राष्ट्रव्यापी रुपमा राजापुरमा मनाउन लागिएको हो । राजापुर क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोनको स्थापना भएसगै यस ठाउँका किसानहरु खेतीतर्फ थप आकर्षित भएका छन् । नेपालमा ८० प्रतिशत मानिसहरु कृषिमा आश्रित भए पनि हरेक वर्ष चामल आयात बढ्दै गएकाले चामलको आयातलाई घटाउन पनि कृषि प्रविधिमा सुधार, विकास गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका थिए ।
पत्रकार सम्मेलनमा राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी, वाली विज्ञान कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरका प्रमुख शवनम शिवाकोटी, कृषि विभागका पूर्व महानिरीक्षक डिलाराम भण्डारी, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका क्षेत्रीय निर्देशक जनमेजय जोशी, कृषि विकास फारमका, वरिष्ट वाली विज्ञान अधिकृत गोविन्द राज जोशी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल लगायतका विभिन्न क्षेत्रका प्रमुख प्रतिनिधि, विद्युतीय तथा छापा संञ्चार गृहका पत्रकार, कृषक लगायत सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।
१६ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवलाई सफल बनाउन कृषि मन्त्री चक्रपाणी खनाल प्रमुख अतिथी र प्रदेश नं. ५ का सम्पुर्ण सांसद लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेने जानकारी आयोजकले गराएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...