वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

हुलाकी सडक अन्तर्गत राजापुर सत्तीघाट सडक खण्डका रुख कटानी

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, असार १२, २०७६ ।    

राजापुर- बर्दियाको राजापुर नगरपालिकामा लामो समयदेखि विविध कारणले निर्माण अलपत्र परेको हुलाकी राजमार्ग अन्तर्गत राजापुर सत्तीघाट सडक खण्ड राजमार्गमा परेका रुखहरु कटानी सुरु गरिएको छ ।
प्रदेश नं ५ का सदस्य दिपेश थारु र राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद थारुले राजमार्गमा पर्ने रुखहरुको कटानी सुरुगरि राजमार्गको काम अगाडी बढाएका हुन । राजमार्गमा परेका कर्णाली सामुदायीक बनका १ सय ६९ सरस्वती सामुदायीक बनका १सय १३ लठुवा सामुदायीक बनका १सय २६ गरि कुल ३ सय २३ रुख कटान गरिने भएको छ । एक रुख काटेवाफत ६ बिरुवा रोप्नुपर्ने बन कार्यालयको निर्देशन बमोजिम बडा न. ३ को बाल गंगा सामुदायीक बनको खाली जग्गामा सट्टा भर्ना गर्ने गरि बृक्षारोपण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...