वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

उल्टो मन्त्र पढेको भन्दै हत्या गर्ने एकजना पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, असार १२, २०७६ ।    

राजापुर– बर्दियाको राजापुरमा हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका–३ नंगापुर बस्ने ४९ वर्षीय अजोध्या भनिने दोदलाल थारु घरबाटै पक्राउ परेका हुन् ।
असार ४ गते राति १२ बजेको समयमा आफ्नै टोल निवासी ५५ वर्षीय जयराम थारुको हत्या गरेको दोदलालमाथि उजुरी परेको हो ।
ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार परम्परागत रुढीवादी सोचका कारण जयरामको हत्या गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो हतियार घाँस टुक्रा पार्ने गरसा समेत बरामद गरेको छ ।
मृतक जयराम थारुले गाउँमा गुरुवा (धामी–झाँक्री) काम गर्दैआएका थिए । गुरुवा गर्ने क्रममा उल्टा मन्त्र पढेर श्रीमती र बुहारीको मृत्यु भएको बयान दोदलाल थारुले दिएको डीएसपी भारतीले जानकारी दिए । एक महिनाको अन्तरालमा श्रीमती र बुहारीको मृत्यु भएपछि आफ्नो समेत पेट फुल्ने समस्या गुरुवाले गराएकोले बदला लिन हत्या गरेको थारुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...