वि.सं.   सोमवार, असार २, २०७६   तदनुसार  17 June 2019

बढैयाताल गाउँपालिकाले सुशासन नीति बनाउने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, चैत्र २९, २०७५ ।    

बढैयाताल/बर्दिया
बढैयाताल गाउँपालिकाले छिट्टै नै सुशासन नीति बनाउने प्रतिबद्धता जनाएको छ । नागरिक समाज, सञ्चार जगत, जनप्रतिनिधि सेवाप्रदायकसंगै सरोकारवाला बीचको छलफलबाट एकअर्कालाइ नजिक ल्याउने पारस्परिक समझदारी बढाउने स्थानीय सरकारलाई जनउत्तरदायी र पारदर्शी बनाई सुशासन कायम गर्ने उदेश्यका साथ गठन भएको साझेदारी मञ्चकोे बैठक बढैयाताल गाउँपालिकामा सम्पन्न भएको छ । साझेदारी मंचको बैठकमा स्थानीय सभाले गाँउ, समुदायमा रहेको समस्याहरुमा छलफल गर्ने र त्यहाँ समाधान हुन नसकेका सवालहरु गाँउपालिकामा गठन भएको साझेदारी मन्चमा ल्याएर छलफल गर्ने र समाधान गर्ने गर्दछ ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको यो मञ्चको बैैठक पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गतको जिल्ला साझेदार संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आयोजना गरेको हो । सो बैठकमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतम, स्वास्थ्य संयोजक बिष्णु पौडल, सूचना अधिकारी रमेश पौडेल , वडा नं १ का वडा अध्यक्ष शेर बहादुर थापा, वडानं.२ का वडा अध्यक्ष काजिमान सुनार, स्थानिय तहका जनप्रतिनिधि,नागरिक समाजका प्रतिनिधि, आमसञ्चार माध्यमका
प्रतिनिधि र आमनागरिकहरुको समेत सहभागिता रहेको थियो ।
बैठकको सुरुवातमा पारस्परिक जवाफदेहिता परियोजना जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङले स्थानीय सभाका सदस्य र रेडियो श्रोता समूहका सदस्यहरुले निर्माण गरेका शिक्षा, स्वास्थ्य, कृषि र विपत व्यवस्थापनका सवालमा टिपोट गरिएका बुदाँहरु प्रस्तुत गरेका थिए ।
बढैयाताल गाउँपालिका वडा नं.३ मा गठित स्थानीय सभाका संयोजक हरि बहादुर घर्तीले आँफुले बढैयाताल गाउँपालिका वडा नं ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र विगत १ बर्षदेखि एक्सरे मेशिन जडान भएपनि हाईभोल्टेजको विद्युतको ब्यवस्था नहुदाँ चेकजाँच नभएको साझेदारी मन्चमा जानकारी गराए ।
बैठकमा अन्य सहभागिले प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेशिन सन्चालन नहुदाँ सेवा उपलब्ध नहुँदा धेरै बिरामीहरु नेपालगन्जमा जानु पर्ने बाध्यता रहेको बताए । स्थानीय नागरिकले स्थानिय तहमा रहेका शिक्षा, स्वास्थ्य, कृषिका थुप्रै समस्या बैठकमा राखेका थिए ।
सो बैठकमा बढैयाताल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कर्ण बहादुर थापाले स्थानीय सभा आफनो वडामा पनि गठन गर्ने र नागरिक र जनप्रतिनिधि विच समन्वय र सहकार्य बढ्ने बताए । त्यसै गरि बढैयाताल गाउँपालिका वडा नं। ७ का वडा अध्यक्ष इन्द्रप्रसाद लुईटेलले पनि स्थानीय सभा आफनो वडामा गठन गर्ने र जनगुनासो सुन्ने सयन्त्र बनाउने प्रतिबद्धता जनाए ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले अब जनप्रतिनिधिले संविधानले दिएको अधिकारलाइ प्रयोग गर्दै स्थानीय नागरिकको जनगुनासोलाइ उचित सम्बोधन तथा व्यवस्थापन गर्नु पर्ने र बिकासको कार्यलाइ पनि अगाडि बढाउनु पर्नेमा जोड दिए ।
बैठकको अन्त्यमा कार्यक्रमको अध्यक्षता गर्नुभएका बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले यस साझेदारी मन्चको बैठकमा धेरै स्थानीय नागरिकहरुको जनगुनासो सुन्ने अवसर मिलेको भन्दै नागरिक समाज, सञ्चारमाध्यम ,स्थानीय सरकार ,नागरिक सबै राज्यकै महत्वपुर्ण अंग भएको हँुदा शिक्षा, स्वास्थ्य, कृषि तथा विपत ब्यवस्थापनका समस्या समाधानको लागि एकजुट भएर लाग्नुपर्ने र सबै आआफ्नो ठाउँबाट जिम्मेबार र जवाफदेही भएर लाग्नु पर्नेमा जोड दिए । युएसआईडी,एफएचआई.३६०को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धानकेन्द्रले बढैयाताल गाँउपालिकामा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुमा निशुल्क स्वास्थ्य परिक्षण, सिकलसेल एनिमिया
रोगको चेकजाँच निशुल्क हुनु पर्ने र सुशासन निति बनाउनु पर्ने पैरवी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...