वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

अन्तर्राष्ट्रिय महिला दिवस : विभिन्न क्षेत्रमा सफल महिलाहरु सम्मानित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन २४, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्च अर्थात आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस, ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी नेपालमा पनी मनाईएको छ ।

आजका दिन महिलाका आर्थिक, सामाजिक तथा राजनीतिक लगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष ८ मार्चमा नारी दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९७४ देखि नारी दिवस मनाउन थालिएको हो । महिला अधिकारवादीले नेपालमा महिलाको अवस्थामा अझै अपेक्षित सुधार नआएको भन्दै हक अधिकारको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै आएका छन् ।

नारी दिवसकै अवसरमा बर्दिया सहित देशै भरी विभिन्न संघसंस्थाहरुले कार्यक्रमको आयोजना गरी मनाएका छन् ।

नारी दिवसकै अवसरमा बर्दिया सहित देशै भरी विभिन्न संघसंस्थाहरुले कार्यक्रमको आयोजना गरी मनाएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा महिला शाखा बर्दियाको आयोजना तथा ओरेक नेपाल, विश्वासिलो साकोस सेवा केन्द्र, नारी एकता शक्ति केन्द्र, साना किसान सहकारी, लेकबेसी महिला सहकारी, महिला सचेतना मन्च, थारु समुदाय विकास मन्चको सहआयोजनामा विविध कायैक्रम गरिएको छ । आयोजित कार्यक्रममा अबसरमा बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ जना महिलाहरुलाई सम्मान गरिएको छ । ठाकुरबाबा नगरपालीकामा बसोबास गर्ने एकल तथा द्वन्द पीडीत महिला, शैक्षीक तथा सास्कृतीक, स्वास्थ्य, कृषी तथा उद्यमशील सफल उदाहरणीय महिलाहरुलाई सम्मान गरीएको हो ।

शिक्षा क्षेत्रमा योगदान पुर्याउने खिमा गौतम, मुक्त कमलरीबाट उच्च शिक्षा हासिल गर्न सफल गीता थारु, कमैयाबाट सर्घष गर्दै सफल भइ प्रदेश सभा सदस्य हुनुभएकी लौटी थारु, १० बर्षे जनयुद्धकाल देखी राजनैनिक सर्घष गर्दै हाल ठाकुरबाबा नगरपालिकाको नगर उप प्रमुख पदमा रहन सफल कृष्णा कश्मा थारु, कृषि क्षेत्रबाट अगुवाइ गर्ने शान्ता भण्डारी, ज्याला मजदुरी गरेर घर ब्यबहार चलाउन सफल दिपा टमाटा, सिलाइ कटाइबाट सफल महिला शिशु शाह, त्यस्तै ब्यबसाय गरेर राम्रो आम्दानी गर्न सफल साबित्रा परियार,  तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल बृहस्पती थारु, दिल कुमारी थारुलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रमको मुक्त कमैया क्षेत्रबाट सर्घषशिल प्रदेश सभा सासंद लौटी थारुको प्रमुख आतिथ्यता, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घन नारायण श्रेष्ठको बिशिष्ट आतिथ्यता, ठाकुरबाबा नगरपालिकाका वडा अध्यक्ष, समाजसेवी, राजनैतिक दलका प्रतिनिधी, समाजसेबि, बुद्धिजिवी बिभिन्न सघं सस्थाका प्रतिनिधी,  प्रहरी लगायतको उपस्थीति  रहेको थियो ।

यस्तै ठाकुरबाबा नगरपालिका–२, बलातीमा पनि दिवसका अवसरमा कार्यक्रम सम्पन्न भएको छ । राधाकृष्ण साकोस र जागृती महिला साकोसको आर्थिक सहयोगमा बलाती महिला सन्जालले कार्यक्रमको आयोजना गरेको हो । दिबशका अबसरमा बलातीमा सचेतना र्याली, कर्सी दौड प्रतियोगिता, नारी सम्बन्धी गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, र घैटो फोर प्रतियोगिताको आयोजना गरिएको थियो । कार्यक्रम ठाकुरबाबा नगरपालिका २ का वडाअध्यक्ष हरिराम थारुको प्रमुख आतिथ्यता रहेको थियो भने बलाती महिला सन्जालकी सयोंजक सारिका शर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस्तै ठाकुरबाबा नगरपालीका–३, बगनाहामा ठाकुरबाबा नगरपालीका वडा नम्वर ३ र वडा नम्बर ४ को आर्थिक सहयोग तथा प्रगती साकोस र सौगात महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । आयोजित कार्यक्रममा ठाकुरबाबा नगरपालीका वडा नम्बर ३ को आर्थिक सहयोगमा वडा नम्बर ३ भीत्रका महिला स्वयमसेबिकाहरुलाई साईकल बितरण गरीएका छ वडा अध्यक्ष श्रीकृष्ण थारुले जानकारी दिए।

यस्तै ठाकुरबाबा नगरपालीका वडा नम्बर ८ र ९ मा पनी संयुक्तरुपमा कार्यक्रम गरिएको छ । हिम सुसांक महिला बिकास सहकारी संस्था लिमीटेडको आयोजनामा ठाकुरबाबा मन्दिर परीसरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लाखे नाच, थारु नाच , मगर नाच र  सास्कृतिक डेउडा कार्यक्रम समेत भएको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुरयाएका १० जना  महिलालाई सम्मान समेत गरिएको छ ।

राजापुरमा पनि महिला दिवस मनाईयो

यसैबिच राजापुरमा पनि भव्यताका साथ १०८औ अन्तराष्टिय महिला दिवस मनाईएको हाम्रा सहकर्मी मिन अधिकारीले जनाएका छन । आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ग्रामिण तथा सहरी महिलाहरुको जीवन स्तरमा रुपान्तरण भन्ने मुल नाराका साथ राजापुर वजारको परिक्रमा गरी हाट वजारमा कार्यक्रमको आयोजना गरिएको थियो ।

राजापुर नगरपालिका उप्रमुख मन कला चौधरी प्रमुख अतिथि रहेको १०८औ अन्तराष्टिय महिला दिवसमा दिदी वहिनी सहकारीकी प्रदेश सदस्य सिता अर्यालले स्वागत मन्तव्य दिदै महिलाहरु विगत देखि नै हक अधिकारका लागि लड्दै आएको र ईतिहाँस ले कोल्टो फेरी रहोको बेल महिला दिदि बैनिहरु हिँसाको सिकार भईरहोको सुन्दा दुखको बिषय भएको भन्दै १०८ औ अन्तराष्टिय महिला दिवस मा प्रवेश गरिरहदा यस पटक आफ्नो भोटबाट जिताएर पठाईएको महिला प्रमुखको स्वागत गर्न पाउदाँ खुशी लागेको बताईन । सान्तीका लागी युवा संन्जालका अध्क्ष्य सिवानि चौधरीले महिला सबैको जननी भएकोलेआफुहरु कमजोर नभएको भन्दै महिलाको कामको मुल्याकन हुन नस्कदा दुखलागेको र सरकारले कामको समाने मुल्याकन गर्नु प्रने बताएकी छन । कायक्रममा बोल्दै दुर्गादेवी चोधरीले आज सम्पुर्ण महिला दिदि बैनिहरु यसरी कायक्रमा उपस्तीथी हुदा आफ्नो आत्मबल बढेको बताउदै, आफु खुसि भएको र आगामी दिनहरुमा महिलाका समस्यामा हातेमालो गरेरजाने बताएकी छन । कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिका उप्रमुख मनकला चौधरीले कार्यक्रमलाई संवोधन गर्दै नगर भित्रका सवै नारीले एकै ठाउबाट नारी दिवस मनाउनु पर्ने बताउदै महिला आन्दोलनका शहिदलाई सम्झदै महिला अधिकार पाउन अत्म निर्भर भएर अघाडि बडनु प्रने महिलाहरु एक भयर आफना अधिकारका लागी आवाज उठाउन सकिने र आगामी दिनमा अन्तराष्टिय महिला दिवस सबै वाडहरु समाबेस गरि एकै ठाउमा गर्नु प्रने र कार्यक्रमको लागी नगरपालिकाले वजेटको व्यवस्था गर्ने बताएकी छन । नारी जागरण समितिका अध्यक्ष विमला जिसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममाको सञ्चालन महिला नेत्रृ कविता न्यौपानेले गरेकी थिईन ।

त्यस्तै बढैयाताल गाउँपालिकामा पनि बिभिन्न सँस्कृतिक र चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाईएको छ ।

विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्: