वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

बर्दियामा चरा तथा जैविक विविधता संरक्षणकर्मीहरुको भेला

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, चैत्र १, २०७५ ।    

ठाकुरबाबा,बर्दिया।
नेपाल पन्छी संरक्षण संघको नेतृत्वमा देशभरका चरा तथा जैविक विविधताको क्षेत्रमा काम गर्ने स्थानिय संरक्षणकर्मीहरु नेपाल चरा संरक्षण संजालको दोस्रो राष्ट्रिय भेलालाई सफल पार्न बर्दियामा भेला भएका छन् । चरा र चराहरुको बासस्थान र जैविक विधिता संरक्षणमा सक्रिय देशभरका स्थानिय समुदायका प्रतिनिधि, संरक्षणकर्मि र सरोकारवाला निकायका प्रतिनिधिहरु चरा संरक्षण भएका कार्यहरुको समिक्षा तथा आगामी कार्य योजनाहरुको तय तथा स्थानिय संरक्षण समुदायको शसक्तिकरणका लागि बर्दियामा भेला भएका हुन् ।
बर्दिया प्रकृति संरक्षण क्लबको स्थानिय व्यवस्थापन र नेपाल पंक्षी संरक्षण संघको संयोजनमा आयोजीत उक्त तिन दिने कार्यशालाको उदघाटन गर्दै प्रमुख अतिथी ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घन नारायण श्रेष्ठले चरा तथा तिनको बासस्थान संरक्षण र समग्र प्राकृतिक सम्पदाहरुको संरक्षणमा स्थानिय समुदायले पु-याएको योगदानको प्रशंसा गर्दै देशको बदलिदो संरचना सँगै सथानिय निकायहरु पनि अधिकार सम्पन्न र जिम्मेवार भएको अवस्थामा संरक्षणका कार्यमा सँग सँगै हातमा हात मिलाउने प्रतिवद्धता गरेका छन ।
नेपाल पन्छी संरक्षण संघका संरक्षण अधिकृत कृष्ण भुसालले नेपालमा समुदायमा आधारीत भएर गरएिको चरा तथा जैविक विविधताको संरक्षण अभियान विश्व संरक्षण समुदायका लागि अनुकरणीय कार्य भएको बताए । यो कार्यशालाले चरा र तिनको बासस्थान संरक्षण सँगै स्थानियको जिविकोपार्जन र दिगो विकाशका लागि साझेदार संस्थाहरुको क्षमता अभिवृद्धि, सिकाई अनुभव साटासाट र आगामी कार्य योजना निमार्णमा महत्वपुर्ण रहेको भुसालले बताए । तिनदिन सम्म चल्ने उक्त कार्यक्रममा नेपालमा रहेका विश्वमै परीचित ३७ महत्वपुर्ण चरा तथा जैविक विविधता क्षेत्र मध्ये २५ वटा महत्वपुर्ण चरा तथा जैविक विविधता क्षेत्रका प्रतिनिधीहरु सहभागि भएको स्थानिय आयोजक संस्था बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष रामबहादुर शाहीले बताए ।
नेपालमा २०१२,१३ यता गिद्धको संख्या बढ्दो क्रममा रहेको बताइएको छ । आगामी १० १५ बर्ष पछि अधिकांश चरा लोप हुन सक्ने खतरा समेत बढेको भेलाका क्रममा संरक्षण कर्मीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...