वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

राजापुर: धान सुपरजोनमै धानको ब्याड मर्न थालेपछी किसान चिन्तित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन ९, २०७५ ।    

मिन अधिकारी/राजापुर।
बर्दियाको राजापुर नगरपालिकामा चैते खेतीका लागि राखिएको धानको बिउ (ब्याड) का कारण किसानहरु चिन्तित हुन थालेका छन् । दुई बाली खेती गर्न सकिने भन्दै हौसिएका किसानहरु धानको बिउ धमाधम मर्न थालेपछी मर्कामा परेका हुन।
‘छरेपछि धानको विउँ राम्ररी त उम्रियो तर जति ठुलो होला भनेर हेर्‍यो धानको वेर्ना झन मरेर सकिने अवस्थामा पुग्यो’- राजापुर नगरपालिका वडा नं. ५ पहाडीपुरका किसान भागिराम थारुले दुखेसो पोखे । प्राविधिकहरुले भने झै मेहनत गरेर विउँ राखियो १० कठ्ठामा रोप्न राखिएको धान मरेर सकिने भयो भनेर चिन्ता बढेको किसान थारुको दुखेसो छ । बजारबाट विषदी ल्याएर त छरियो तर विउँ हुने नहुनेमा आफु दोधारमा परेको किसान थारुको भनाई छ । राजापुर क्षेत्रमा दुई बाली धान खेती गर्न सकिने प्रशस्त संभावना देखिएपछि किसानलाई कृषि सेवा केन्द्रबाट धानको बिउ अनुदानमा वितरण गरिएको थियो ।
धानको वेर्नामा रोग लागेको गुनासो लिएर आएका किसानको खेतमा प्राविधिक टोली पठाउने र आफु स्वयम पनि जाने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरका वरिष्ट कृषि अधिकृत विरेन्द्र पराजुलीले बताए । राजापुरमा चैते धान रोप्न तयार भएका करिव ३ हजार ३ सय कृषक समुह, कृषक सबैलाई अभिमुखीकरण गरी प्राविधिक विधि भने पनि धेरैले जाडोका पनि धानको वेर्ना नढाकेकोले ढुसीजन्य रोग लागेको बताए । धानको वेर्नामा रोगले अधिक रुपले असर गरे क्षेत्रीय विउविजन अनुसन्धान केन्द्रबाट पनि विज्ञ टोली वोलाएर किसानलाई प्राविधिक सहयोग गर्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरका वरिष्ट कृषि अधिकृत पराजुलीले जानकारी दिए । चैते धानको वेर्ना जरै कुहिएर मरेको भए विउँ विग्रने तर टुसा मात्र मरेको रहेछ भने फेरी वेर्ना पलाउने वरिष्ट कृषि अधिकृत विरेन्द्र पराजुलीको भनाई छ ।
भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउापालिकालाई धान उत्पादनको दृष्टिले उपयुक्त मानेर राजापुर क्षेत्रलाई धान सुपरजोन समेत घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...