वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

कर्णाली तथा गेरुवा नदिको तल्लो तटिय क्षेत्रमा पानीबाट हुने क्षतिबारे छलफल

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन २, २०७५ ।    

राजापुर,बर्दिया।
कर्णाली तथा गेरुवा नदिको तल्लो तटिय क्षेत्रमा पानीबाट हुने क्षतिबारे पानी छलफल चलाइएको छ । नेपाल वातावरण पत्रकार समुहको आयोजनामा गेरुवा गाँउपालीकाको कार्यालयमा पानी छलफल चलाइएको हो ।
पानी छलफलमा कर्णाली तथा गेरुवा नदीमा यस अघि आएको वाढीवाट भएको क्षति, बाढी व्यवस्थापन गर्न कर्णाली नदी व्यवस्थापन कार्यालयले गरेको पहल, सोनाह समुदायको जिविकोपार्जनमा बर्दिया राष्ट्रिय निकुञ्जले कानुनी दायरा देखाउदै वालुवा चाल्न गरेको रोक तथा जंगली जनावरले पारेको जनधनको क्षतीका बिषयमा सहभागीले धारणा राखेका थिए । सहभागीले उठाएको धारणाको जवाफ दिदै प्रमुख जवाफदेही वक्ता बर्दिया क्षेत्र नं २ का प्रदेश सांसद दिपेश थारुले नदि कटानबाट जग्गा गुमाएका स्थानीय वासिन्दाको जग्गा फिर्ता गर्ने वारे पहल भइरहेको बताए । यहाँका समस्याको नजिक वाट नियालेको बताउदै सांसद थारुले आवश्यक समाधानका लागी आफु निरन्तर लागिपर्ने बताए । यस्तै कार्यक्रमका सभापती तथा गेरुवा गाँउपालीकाका अध्यक्ष जमानसिंह केसीले बर्दिया राष्टिय निकुञ्ज र गेरुवा गाँउपालीकाको प्रष्टरुपमा सिमाङ्कन गर्न नसकिए समस्या समाधान गर्न कठिनाइ हुने बताए । पानी छलफलमा बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर हर्ष वहादुर सिंह कर्णाली नदी व्यवस्थापन कार्यालयका इन्जिनियर आनन्द लाल शाहले समेत आफ्नो क्षेत्रमा उठेका समस्याको जवाफ दिएका थिए ।
पानी छफफलमा निकुञ्ज ऐन २०२९ लाई संसोधन गर्न पहल गर्ने, आइ इ इ सम्पन्न भएपछी छिटो भन्दो छिटो जनताको जग्गा जनतालाई फिर्ता दिने, प्राथमिकताका आधारमा आवश्य नदी तटिए क्षेत्रमा तटबन्ध गर्ने सोनाह जातीको जीविको पार्जनका बिषयमा पुख्यौली पेशा तथा बैकल्पीक रोजगारको व्यवस्था गर्ने लगायतका ७ बुँदे प्रतिवद्धता व्यक्त गर्दै पानी छलफल सकिएको हो । छलफलमा सांसद दिपेश थारु गेरुवा गाँउपालीकाका अध्यक्ष जमान सिंह थारु वडा नम्वर ६ का अध्यक्ष टेक वहादुर चौधरी, वडा नंम्वर ३ का अध्यक्ष पुना राम थारु तथा सम्वन्धित सरोकावाला कार्यलयका प्रमुखले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...